कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन । आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको