कर्णाली प्रदेशमा शनिबार ४८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणको क्रममा १७ जना र ३४४ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा २८ जनामा कोरोना देखिएको छ । यस्तै रुकुम पश्चिममा ८, सल्यानमा ४, दैलेखमा ४, कालिकोटमा १, मुगुमा २, हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । शनिबार प्रदेश