कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली सरकारले थाल्यो तयारी

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।  जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशमा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेको हुँदा आम नागरिकलाई जनस्वास्थ्यका मापदण

कोरोना जित्दै कर्णाली : एकैदिन ६१० जना संक्रमण मुक्त, थप ३ जनाको मृत्यु

सुर्खेत ।  कर्णालीमा विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हिजो १८  गते ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । आज ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  आज ४४० जना थप आइस

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले कोरोना जिते

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको संख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको ...

कर्णालीमा कोरोना संक्रमितको संख्या १६६ पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १६६ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । जुम्लामा २ जना प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ । कर्णाली …

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ६० पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दैलेखमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा कोरोना संक्रणको संख्या ६० पुगेको छ । शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए । नयाँ संक्रमित …