कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३२ जना र १६५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस्तै कालिकोटमा १०, सुर्खेतमा ९, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स