कर्णालीमा कोरोना : १.९४ प्रतिशत जनसङ्ख्या सङ्क्रमित

कर्णाली प्रदेशमा २०७७ साल जेठ ५ गते पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैलेखको आठबीस नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो लहर न्यून हुँदासम्म कोरोनाका कारण प्रदेशभर ३१ जनाले ज्यान गुमाए । यता दोस्रो लहरमा भने ३८८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो प्रदेशको कुल जनसङ्ख्याको ०.०२ प्रतिशत हो । कर्णाली प्रदेशमा अनुमानित जनसङ्ख्या १८ लाख २४ हजार १३१ रहेको छ । हालसम्मको अवधिमा ३५ हजार ३९७ मानिसहरू कोरोनाको चपेटामा परिसकेका छन् । जुन प

सम्बन्धित सामग्री

कर्णालीमा कोरोना संक्रमण बढ्दै

कर्णालीमा कोरोनाको उच्च सुरक्षा जोखिम भएपछि कर्णाली सरकारले सबैमा सजक रहन आग्रह गर्दै कोरोना नियन्त्रणका लागि करोडौं रकम विनियोजन गरेको छ।...

कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ पुग्यो

कर्णाली प्रदेशमा बुधबार कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । केही दिन अघिदेखि संक्रमणबाट शून्य मृत्युदर रहेको कर्णालीमा बुधबार जुम्लाका १ र सुर्खेतका १ जना गरी २ जनाको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७२ जना पुगेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा सुर्खेत अग्रपंक्तिमा छ । सुर्खेतमा कोरोना संक्रमणका कारण हालसम्म २१४ जनाको मृत्यु भएको छ ।प्रदेशमा बुधबार थप ३० जनामा कोरोना

कर्णालीमा कोरोना : संक्रमण दर घट्दै, जोखिम उस्तै !

कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो ।  भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बता

कर्णालीमा कोरोना : थप ७० जनामा संक्रमण

कर्णाली प्रदेशमा शुक्रबार ७० जनामा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ५७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ जना र ४२७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ४३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार १९० पुगेको छ ।शुक्रबार सबैभन्दा बढी कालिकोट र सुर्खेतमा १७÷१७ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख र मुगुमा ९÷९, रुकुम पश्चिममा ७, जुम्लामा ५, सल्यानमा २ जाजरकोटमा २, हुम्लामा १ र

कर्णालीमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुन्ः उकालो लागेको छ । बिहीबार प्रदेशमा  १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  जुन वितेको एक महिनाको तुलनामा एकदमै धेरै हो ।  २०३ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ९० जना र  १२० जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही समयअघि सम्म संक्रमणदर निकै कमी आएपनि पछिल्लो केही सातादेखि पुनः संक्रमणको ग्राफ उकालो लाग्दो

कर्णालीमा कोरोना : संक्रमण दर घटे पनि जोखिम कायमै

९ असार, सुर्खेत । कर्णालीमा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजन सहजैरुपमा पाइन थालेको छ भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम पनि घट्दो छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख र जेठको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार […]

कर्णालीमा कोरोना मृत्युदर शून्य

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना मृत्युदर शून्यमा झरेको छ । मङ्गलवारको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा कोरोना नयाँ भेरियन्टबाट मृत्युदर शून्यमा झरेको हो । प्रतिदिन १३ जनासम्म मृत्यु दर पुगेको कर्णाली प्रदेशमा मङ्गलवार शून्यमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५० जना कोभिड […]

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २

कर्णालीमा कोरोना नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने

संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।...