कर्णाली प्रदेशमा आइतबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा धेरै दैलेखमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै हुम्लामा ५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।यी जिल्लाबाहेक अन्य जिल्लामा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार प्रदेशभर ३९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका