प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोप्रति आपत्ति जनाउँदै सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले आयोगलाई पुनर्जीवित गरेर लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गरे ।
उनले भने, ‘यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ? ११ लाख फाइलहरू तयार भएका बसेका छन् । पूर्जा लिनका लागि सुकुम्बासी लालायीत छन् । यसै सदनले ऐन बनाएर भूमिका समस्या समाधान गर्न आयोग बनायो...