एमाले सांसदको प्रश्न : एमालेले साथ दिएको किन बिर्सिनुभयो ?

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिहीबार प्रदेश सभामा आठ जना सभा सदस्यहरूको प्रश्नहरूको सामना गरे । प्रश्नकर्ताहरू मध्ये एक थिए एमालेका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी । उनले भर्खरै सत्ता सहकार्य टुटेका मुख्यमन्त्री कार्कीलाई सरकार गठन हुँदाको प्रसङ्ग कोट्याउँदै एमालेसँगको सहकार्य के हुन्छ भनेर प्रश्न गरे । ...

सम्बन्धित सामग्री

सदनमा सांसदको प्रश्न: स्थानीय तहले मनपरी कानून बनाउने भए हाम्रो औचित्य के ?

काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले स्थानीय तहले मनपरी कानून बनाएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्को महिला, बालवालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका साहले संविधानमा भएका त्रुटिको फाइंदा लिँदै स्थानीय तहले मनपरी गरिरहेका बताए । सांसद साहले ७५३ वटै स्थानीय तहले आफूखुसी कानुन बनाउँदै जाने हो भने […]

कांग्रेस सांसदको प्रश्न– टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ?

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गरेका छन् । साथै उनले १०–१० वर्षमै व्यवस्था परिवर्तन मुलुकको हितमा नहुने पनि बताए ।‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा सही होइन । यो संविधान बनेको नौ वर्ष पनि भएको छैन । […]

सांसदको प्रश्न– गरिबको दशैं कसरी टर्छ ?

काठमाडौं । सांसदहरूले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।     सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे । ‘गरिबको दशैं यसपालि कसरी टर्छ ?’ उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास ।’  सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।   सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरू नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे । उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।   सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे ।   सांसद मेनका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताए । सांसदहरू मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे । रासस

रास्वपा सांसदको प्रश्न- बहुविवाह र यौन दुराचार शिक्षकले मात्र गर्छन् ?

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद गणेश पराजुलीले आफ्नो पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा निरन्तर लागिरहेको दाबी गरेका छन् ।‘हामी भ्रष्टाचारविरुद्ध प्रभावकारी रुपमा लागेनौं भन्नु न्यायोचित हुँदैन । सदनबाट पनि सशक्त विरोधमा गरिरहेका छौं । हिजो मात्र हामीले जघन्य अपराधीलाई आममाफी दिएको सम्बन्धमा सम्माननीय राष्ट्रपतिलाई अनुरोध-पत्र दिएका छौं । यो पनि […]

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- न्याय कस्का कारण महङ्गो ?

–कालिका खड्का/रासस काठमाडौँ, ४ भदौ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहजरुपमा किन पुग्न सकेन ?” मुलुकको न्यायप्रणाली सबै नागरिकका लागि सहज र सर्वसुलभ हुन नसकिरहेका बेला आज प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइको मौका छोपेर विधायकले यो प्रश्न गरे […]

प्रतिनिधिसभा : सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ”

काठमाडौँ,२४ साउन । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । उनले भने, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा […]

सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन्

काठमाडौँ,२३ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर […]

सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’

काठमाडौँ,१२ असार । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गरे । नेता भट्टराईले शैक्षिक शत्र सुरु भएको एक महिना १३ दिन बितिसक्दा […]