परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीसँगै सभामुखको पनि परीक्षाको समय भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले संसद सरकारसँग डराउने नभई,सरकार संसद र सांसदको प्रश्न र संसदको निगरानीसंग डराउनुपर्ने बताए। भने,“संविधानको धाराले प्रतिनिधिसभा पुनस्र्थापना भयो,सांसदको अधिकारले सरकार। सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनस्र्थापित गर्नुपर्नेछ। परीक्षा प्रधानमन्त्रीको मात्र होइन,सभामुखमा पनि छ। संसद जोगाउन लाग्ने सवै सांसदको छ।”