सदनमा कांग्रेस सांसदको प्रश्न– सरकार कहाँ छ ? (भिडिओ)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उहाले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गरेकी हुन् । उनले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राखिन् । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा […]

सम्बन्धित सामग्री

माओवादी सांसदको प्रश्न : कुलमान बूढो भएपछि के गर्छ सरकारले ?

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे नेकपा माओवादी केन्द्रका १ सांसदले संसदमा टिप्पणी गरेका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताए । ‘म सांसद भएर आएपछि २ वटा सरकार देखे । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् । कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? ...

काँग्रेस सांसदको प्रश्न– जबज दुनियाँको कुन कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ ?

राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले नेकपा एमालेका सांसदहरुलाई जनताको बहुदलीय जनवाद (जबज) दुनियाँको अन्य कुन मुलुकको कम्युनिस्ट पार्टीले स्वीकार गरेको छ भनेर प्रश्न गरेका छन् ।राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले एमालेले अंगिकार गर्दै आएको जबज विश्वका कुनै पनि मुलुकमा नभएको तर्क गरे ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै विश्वको कुनै पनि मुलुकमा यसरी परमादेशबाट सरकार नबनेको टिप्पणी गरेपछि काँग्रेसका सांसद देवले

परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीसँगै सभामुखको पनि परीक्षाको समय भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले संसद सरकारसँग डराउने नभई,सरकार संसद र सांसदको प्रश्न र संसदको निगरानीसंग डराउनुपर्ने बताए। भने,“संविधानको धाराले प्रतिनिधिसभा पुनस्र्थापना भयो,सांसदको अधिकारले सरकार। सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनस्र्थापित गर्नुपर्नेछ। परीक्षा प्रधानमन्त्रीको मात्र होइन,सभामुखमा पनि छ। संसद जोगाउन लाग्ने सवै सांसदको छ।”

संसद बैठकमा सांसदको प्रश्न : यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ?

प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेकोप्रति आपत्ति जनाउँदै सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले आयोगलाई पुनर्जीवित गरेर लालपूर्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गरे । उनले भने, ‘यो सरकार आइसकेपछि सुकुम्वासी सिद्धिएको हो कि ? ११ लाख फाइलहरू तयार भएका बसेका छन् । पूर्जा लिनका लागि सुकुम्बासी लालायीत छन् । यसै सदनले ऐन बनाएर भूमिका समस्या समाधान गर्न आयोग बनायो...

विषादी परीक्षण रोकमा सत्तारूढ सांसदको प्रश्न : सरकार भारतसामु झुकेकै हो ?

काठमाडौं : भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतीय सरकारसामु झुकेको भन्दै सत्तारूढ दलकै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा ...