खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफा २.४ गुणा वृद्धि

वैशाख १३, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार प्रकाशित गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ४ गुणा वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८ करोड ४६ लाख ६३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २१ करोड १५ लाख ७४ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै कम्पनीले रू. ७ करोड ७८ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले पनि नाफा बढ्नमा टेवा पुगेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८४ प्रतिशत र सञ्चालान नाफामा ९३ प्रतिशतले वृद्धि भएको छ ।   चुक्तापूँजी रू. ३३ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २७ करोड ८१ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८५ दशमलव २६, मूल्य आम्दानी अनुपात २९ दशमलव ४२ गुणा, तरलता अनुपात १२ दशमलव शून्य ७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१७५ दशमलव शून्य ४ पुगेको छ ।  

सम्बन्धित सामग्री

खुद ब्याज आम्दानी बढे पनि ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ५८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ४ करोड ७८ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ७ करोड ६ लाख रहेकोमा चालू आवमा बढेर रू. १० करोड ५९ लाख पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ८४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव २१ प्रतिशत पुगेको छ ।  कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० दशमलव ५० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २५ करोड ९१ लाख रहेकोमा चालू आवमा बढेर रू. २८ करोड ६३ लाख पुगेको हो ।  त्यस्तै कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा रहेकोमा चालू आवमा घटेर १५ रुपैयाँ ४६ पैसा मा झरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ८७ लाख ९२ हजार रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५८ दशमलव २३ गुणा, तरलता अनुपात ३ दशलमव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ०९ पैसा छ ।  चुक्ता पूँजी रू.६१ करोड ८९ लाख रहेको कम्पनीले जगेडामा रू.५० करोड १८ लाख सञ्चिति गरेको छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ दशमलव १५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. २ करोड ६७ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ४० लाख पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा २६ दशलमव ७४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेकोमा चालू आवमा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ६१ करोड ८९ लाख छ भने चालू आवमा कम्पनीले जगेडामा रू. ५० करोड ४३ लाख सञ्चिति गरेको छ । सो अवधिसम्म कम्पनीले रू. ३ अर्ब २३ करोड निक्षेप संकलन गरेर रू. ७ अर्ब ६२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८१ दशमलव ५० छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

ग्लोबल आइएमई लघुवित्तले कमायो रू. १४ करोड ७८ लाखभन्दा बढी नाफा

माघ ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१४ करोड ७८ लाख ९४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ९ लाख ८० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख खराब कर्जा उठाएको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ५५ करोड २५ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ३६ करोड ५४ लाख ४४ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६५ करोड १ लाख सापटि लिएर, रू. २ अर्ब ५२ करोड ६३ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ६९ करोड ९० लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ३ दशलमव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ९५ मा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.५३ दशमलव ५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ४७ गुणा, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव १३ रहेको छ ।  यो पनि हेर्नुस् : २८३ % ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १ असार २०७८)

कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रु. २ हजार ८४० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कम्पनीको शेयर मूल्यमा ८० रुपैयाँले कमी आएको हो । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ८ करोड ४६ लाख ६३ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २१ करोड १५ लाख ७४ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै, कम्पनीले रु. ७ करोड ७८ लाख खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्नमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८४ प्रतिशत र सञ्चालन नाफामा ९३ प्रतिशतले वृद्धि भएको छ ।   चुक्ता पूँजी रु. ३३ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. २७ करोड ८१ लाख सञ्चित  गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ८५ दशमलव २६ रहेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट आउने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव शून्य ३ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९५ दशमलव ५० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रु. २ हजार ८४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार ७२६ मा टेवा पाउनेर महँगिए २ हजार ८९० मा प्रतिरोध पाउने देखिन्छ ।