काठमाडौं : उपत्यकाको फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित बनेकाे छ। काठमाडौं,ललितपुरलगायतको फोहोर फाल्ने नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडोलकाे कन्तबिजोग छ।बाटो हिलाम्मे भएकाले फोहोर बाेक्ने ७ वटा गाडी बाटोमै फसेका छन्। स्थानीयले पनि फोहोर बिसर्जन गर्न अवराेध गरिरहेका छन्। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङकाे सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइड बनाउने सरकारले योजना ल्याए पनि बन्न सकेको छैन।