काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए । बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको ...