जनकपुरको मेयर र उपमेयरमा लोसपाले सिफारिस गर्‍यो उम्मेदवारको सूची

जनकपुरधामः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ५/५ जनाको नाम सिफारिस गरेको छ। धनुषामा आइतबार बसेको बैठकले मेयर र उपमेयरका उम्मेदवारको सूची सिफारिस गरेको हो। नगर प्रमुखका लागि मनोजकुमार चौधरी, परमेश्वर साह, सञ्जय चौधरी, अमर पञ्जियार र जानकी राम साहको नाम सिफारिस गरिएको लोसपा…

सम्बन्धित सामग्री

नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो । नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी […]

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

काठमाण्डौ - जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । ६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो । ११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । यस्तै घोराही र जितपुर–सिमरामा माओवाद...

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रनको […]

उपाधिका लागि राजविराज र जनकपुर भिड्दै

विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।...

मेयर कप टी–२०  वीरगन्ज र जनकपुर विजयी

प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता बुधबार वीरगन्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । झापा वैजनाथपुरको खेल मैदानमा वीरगन्जले मेची नगरपालिकालाई आठ रनले पराजित गर्‍यो । लगातार दुई खेलमा पराजित मेची...

सर्लाही हरिवनका मेयर र उपमेयर चढेको गाडि तोडफोड,मेयर घाइते

राष्ट्रिय सभा निर्वाचनको लागि मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर चढेको गाडि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरिदिएका छन् ।  बुधबार मेयर दिनेश प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको...

सिके राउत नेतृत्वका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड

जनकपुरधाम । सिके राउत नेतृत्वका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए । राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । […]

मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

जनकपुर : राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन्। बिहानैबाट मधेश प्रदेशको जनकपुरमा प्रदर्शनमा उत्रेका नेपाल जनमत पार्टीका कार्याकर्ताले प्रहरी नभएको मौका छोपेर हरिवन नगरपालिका सर्लाहीको उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन्। गाडीमा हरिवनका मेयर गणेशप्रसाद प्रसाई, संविधानसभा…

मेयरको राजीनामा माग्दै जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्ष काठमाडौंमा

जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्षहरू मेयर लालकिशोर साहको राजीनामा माग गर्दै काठमाडौं आइपुगेका छन् । मेयर साहले उपमहानगरपालिकाभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ आएको उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।आफूहरुले सुरुदेखि नै जनकपुरमा फोहर व्यवस्थापनका लागि मेयर साहलाई ध्यानाकर्षण गराउँदै आएको तर उनले त्यसको बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको सिंहले बताए । उनले आन्दोलनको पनि सुनुवाई नगरेपछि आफुहरु राजधानी काठमाडौ आइपुगेको सिंहले बता