काठमाण्डौ - जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो । ११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । यस्तै घोराही र जितपुर–सिमरामा माओवाद...