एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

सम्बन्धित सामग्री

उपमहानगरमा यी हुन् एमालेका मेयर उपमेयरका उम्मेदवार

नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उम्मेदवार टुंगो लगाएका उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी, बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल रहेका छन् ।त्यसैगरी हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले धरानमा मन्जु भण्डारी र पदम लिम्बु, इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी रहेका छन् । जीतपुर सिमरा र जनकपुर उपम