मेयरको राजीनामा माग्दै जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्ष काठमाडौंमा

जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्षहरू मेयर लालकिशोर साहको राजीनामा माग गर्दै काठमाडौं आइपुगेका छन् । मेयर साहले उपमहानगरपालिकाभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ आएको उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।आफूहरुले सुरुदेखि नै जनकपुरमा फोहर व्यवस्थापनका लागि मेयर साहलाई ध्यानाकर्षण गराउँदै आएको तर उनले त्यसको बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको सिंहले बताए । उनले आन्दोलनको पनि सुनुवाई नगरेपछि आफुहरु राजधानी काठमाडौ आइपुगेको सिंहले बता