काम कुन देशमा गर्छस् भनेर कसैले सोधेमा म छाती फुलाएर भन्छु खाडीमा ।
किनकि म कुन देशमा छु भन्ने कुराले मलाई त्यति ठुलो फरक पार्दैन । खाडीको देशमा कामदार बनेर पसिना बगाउन थालेको धेरै भयो । मैले खाडीलाई पसिना बेचेँ, खाडीले मलाई पैसा दियो । अहिले पनि यो क्रम चलिरहेकै छ । समय, परिस्थिति र अवस्थाले कुन देशमा जाने भन्ने कुरा तय गर्दो रहेछ ।
मैले परदेशको यात्रा सुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । आजभन्दा झण्डै १५ वर्षअघि विदेश जानेहरूको अवस्था अलिक फरक थियो ।
त्यो बेलामा भिजिट भि...