युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

काठमाण्डाै - युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ । ...