'लक्ष्मी उन्नति कोष' मा ३३ करोड रुपैयाँको आवेदन, आजदेखि संस्थागत लगानीकर्तालाई खुला

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री खुलाएको ८० करोड रुपैयाँ बराबरको 'लक्ष्मी उन्नति कोष' को म्युचुअल

सम्बन्धित सामग्री

लक्ष्मी म्युचुअलका तीनओटै फण्ड नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड (Laxmi Mutual Fund) अन्तर्गत सञ्चालित तीन ओटा फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी उन्नति कोष, शुभ लक्ष्मी कोष र लक्ष्मी इक्वीटी फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार तीन ओटै फण्ड नोक्सानीमा रहेका छन् ।  चैत मसान्तसम्ममा लक्ष्मी उन्नति कोष रू. ७ करोड १ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ९ हजार र लक्ष्मी इक्वीटी फण्ड रू. २० करोड १७ लाख नोक्सानीमा रहेका हुन् । यी तीन ओटै फण्ड फागुन मसान्तमा पनि नोक्सानीमा थिए । फागुन महीनाको तुलनामा चैत महीनामा यी फण्डहरूको नोक्सानी केही घटेको छ । लक्ष्मी इक्वीटी फण्ड फागुन मसान्तसम्म रू. २१ करोड ३६ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ३४ हजार र लक्ष्मी उन्नति कोष रू. ७ करोड १३ लाख नोक्सानीमा थिए ।  फागुन महीनाको तुलनामा चैतमा लक्ष्मी उन्नति कोषको न्याभ केही बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ १० रूपैयाँ २४ पैसा रहेकोमा चैत मसान्तसम्ममा १० रूपैयाँ २५ पैसा पुगेको हो । त्यस्तै यो फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ३३ करोड ८८ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ३६ करोड ५२ लाख थियो ।  त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ भने स्थिर रहेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ६७ पैसा रहेकोमा चैत मसान्तमा पनि सोही कायम भएको छ । यस फण्डको सूचीकृत शेयरमा लगानी फागुन महीनाको तुलनामा चैत महीनामा केही घटेको छ । फण्डले फागुन मसान्तमा रू. १८ करोड ३० लाख लगानी गरेकोमा चैत मसान्तसम्म भने रू. १८ करोड ११ लाख लगानी गरेको हो ।  लक्ष्मी इक्वीटी फण्डको न्याभ फागुन महीनाको तुलनामा चैतमा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ९३ पैसा रहेकोमा चैत मसान्तमा बढेर १० रूपैयाँ ३ पैसा पुगेको हो । त्यस्तै यस फण्डको न्याभसँगै सूचीकृत शेयरमा लगानी पनि बढेको छ । फागुन मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ७६ करोड ६८ लाख लगानी गरेकोमा चैत मसान्तमा रू. ७७ करोड ६७ लाख पुगेको हो । लक्ष्मी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

लक्ष्मी उन्नति कोष सहित ५ धितोपत्रमा उच्च खरीद माग

वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२३ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  नबिल ब्यालेन्स फण्ड २, लक्ष्मी उन्नति कोष, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, सानिमा इक्वीटी फण्ड र सनराइज ब्लूचिप फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड २ को २ लाख १२ हजार २० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी दोस्रोमा लक्ष्मी उन्नति कोषको १ लाख ४९ हजार १५० इकाई, हाइड्रोइलेक्ट्रीसिटीको १ लाख ३ हजार १७ कित्ता, सानिमा इक्वीटी फण्डको ७५ हजार २६५ इकाई र सनराइज ब्लूचिप फण्डको ६७ हजार १ सय इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ४ दशमलव १६ विन्दु बढेर २ हजार ३७३ दशमलव २२ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब ५९ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।

लक्ष्मी उन्नति कोषसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २३० ओटा धितोपत्रमध्ये पाँँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । लक्ष्मी उन्नति कोष, एनएमबि हाइब्रिड फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र प्रभु सेलेक्ट फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोष को २ लाख २४ हजार ६५० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी एनएमबि हाइब्रिड फण्डको १ लाख ७३ हजार ९४३ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ३६ हजार ४७५ इकाई, एनआईसी एशिया ग्रोथ फण्डको १ लाख २८ हजार इकाई र प्रभु सेलेक्ट फण्डको १ लाख १६ हजार ६०० इकाई खरीद माग रहेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ दशमलव शून्य ८ अंक घटेर २ हजार २४२ दशमलव ६० विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ९९ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रभु सेलेक्ट फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

वैशाख , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२७ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ । प्रभु सेलेक्ट फण्ड,सन्राइज ब्लूचिप फण्ड,कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको २ लाख ३५ हजार २५ इकाई खरीद माग रहेको छ । त्यसैगरी सन्राइज ब्लूचिप फण्डको २ लाख २२ हजार २ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख १ हजार इकाई,लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ९ सय इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ५५ हजार ९० इकाई खरीद माग रहेको हो । यो समचार तयार पार्दा सम्म नेप्से परिसूचक ३२ दशमलव ९२ अंक घटेर २ हजार २७ दशमलव ५९ बिन्दूमा झरेको छ भने कूल रू. ९८ करोड ६३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

निफ्रासहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन  बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  उक्त अवधिसम्ममा प्रभु सेलेक्ट फण्ड,लक्ष्मी उन्नति कोष,कुमारी इक्वीटी फण्ड,सानिमा इक्वीटी फण्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरीद माग रहेको छ। ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको ३ लाख ३ हजार ८०० इकाई खरीद माग रहेको छ। त्यसैगरी लक्ष्मी उन्नति कोषको २ लाख ५० हजार ९ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख ३९ हजार ४०० इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ५ हजार ४५० र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ५४ हजार ६२ कित्ता शेयर खरीद माग रहेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २१ दशमलव ९ अंक बढेर २ हजार ४०६ विन्दुमा पुगेको छ  । उक्त अवधिसम्ममा कुल रू. ९८ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रभु सेलेक्ट फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा कारोबारमा आएका २३४ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष, एनआईसी एशिया ब्यालेन्स फण्ड,प्रभु सेलेक्ट फण्ड र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कुमारी इक्वीटी फण्डको २ लाख ३८ हजार १५० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी लक्ष्मी उन्नति कोषको २ लाख २ हजार १०० इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख २९ हजार ३०० इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख २० हजार २९८ इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ६ हजार ३०० इकाई खरीद माग रहेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३८ दशमलव २४ अंक घटेर २ हजार ३८१ दशमलव ५५ विन्दुमा झरेको छ  । त्यसैगरी कुल रू.१ अर्ब १२ करोड बराबरको शेयर किनबेच भएको छ ।

कुमारी इक्विटी सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत ७, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सावा तीन घण्टाको अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फण्ड, इमर्जिङ्ग नेपाल, नेपाल बैंक र ग्लोबल आइएमई बैंकको शेयरमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख ६१ हजार ९०० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी, कुमारी इक्विटी फण्डको ३ लाख १८ हजार ६५१ इकाई खरीद माग, इमर्जिङ् नेपालको २ लाख १६ हजार शून्य ९ कित्ता, नेपाल बैंकको २ लाख १३ हजार ६२१ कित्ता र ग्लोबल आइएमई बैंकको १ लाख ७ हजार ३०५ कित्ता शेयर खरीद माग रहेको छ ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ७ दशमलव शून्य १ अंक घटेर २ हजार ६०९ दशमलव ५७ बवन्दुमा झरेको छ भने कुल रू. १ अर्ब ३७ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत २, काठमाडौं । साताको चौथो कारोबर दिन बुधवार कारोबारमा आएका २२८ ओटा धितोपत्र मध्ये ५ ओटा धितोपत्रको मूल्यमा उच्च खरीद माग रहेको छ ।  लक्ष्मी उन्नति कोष, सानिमा इक्विटी फण्ड, इमर्जिङ्ग नेपाल लिमिटेड, प्रभु सेलेक्ट फण्ड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा उच्च खरीद माग रहेको हो । यी ५ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख १७ हजार इकाई खरीद माग रहेको हो ।  त्यसैगरी, सानिमा इक्विटी फण्डको १ लाख ९२ हजार ५०० इकाई, इमर्जिङ्ग नेपालको १ लाख ७६ हजार ५७ कित्ता, प्रभु सेलेक्ट फण्डको १ लाख ६ हजार १६५ इकाई र जाल्पा सामुदायिक लघुवित्तको १ लाख ६३ हजार ३३९ कित्ता शेयर खरीद माग रहेको छ ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १७ दशलमव ७८ अंक घटेर २ हजार ६३३ दशमलव १९ मा झरेको छ भने कुल रू. १ अर्ब ७२ करोड बराबरको शेयर केनबेच भएको हो ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डको असार महीनामा नाफा बढ्यो

साउन ११, काठमाडौं । यसवर्ष सबैभन्दा पहिले लाभांश पस्ताव गरेका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै योजनाको सोमवार वित्तीय विवरण अनुसार अघिल्लो महीनाको तुलनामा नाफामा वृद्धि भएको छ । जेठ महीनाको भन्दा असार महीनामा लक्ष्मी उन्नति कोषको नाफा १८ दशमलव २१ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको नाफा १० दशमलव ३९ प्रतिशत बढी भएको हो ।  लक्ष्मी उन्नति कोषले जेठ महीनामा रू. २७ करोड १८ लाख ५७ हजार नाफा गरेकोमा असार महीनामा रू. ३२ करोड १३ लाख ६९ हजार नाफा गरेको छ । यस योजनाले इकाईधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रयोजनका लागि योजनाले साउन १३ गते (एक दिन) बुक क्लोज गर्ने मिति तय गरेको छ ।  लक्ष्मी उन्नति कोषको असार मसान्तसम्म प्रति इकाई खुद मूल्य पनि वृद्धि भई रू. १४ दशमलव ९२ कायम भएको छ । यो मूल्य जेठ मसान्तसम्म रू. १४ दशमलव १७ रहेको थियो । असार मसान्तमा जेठको तुलनामा करीब १९ प्रतिशत बढी रू. ३३ करोड ७५ लाख १४ हजार कुल आम्दानी गरेको यस योजनाले ३६ प्रतिशत बढी रू. १ करोड ६१ लाख ४५ हजार कुल खर्च गरेको छ । जेठ महीनामा योजनाको कुल खर्च रकम रू. १ करोड १८ लाख ५६ हजार थियो । यो अवधिसम्म लक्ष्मी उन्नति कोषले धितोपत्र दलाल कमिशन सहित रू. ३७ करोड २२ लाख ८१ हजार बराबरको धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ५२ करोड ९८ लाख २ हजार रहेको छ । जेठ महीनामा यो मूल्य रू. ५८ करोड ६१ लाख ८० हजार थियो । जेठ महीनाको तुलनामा असार महीनामा बजारमूल्य भने घटेको छ । त्यस्तै, यस वर्षका लागि ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको लक्ष्मी इक्वीटी फण्डले पनि असार महीनासम्ममा रू. ७२ करोड ५७ लाख ४६ हजार नाफा गरेको छ । जेठ महीनामा यो नाफा रू. ६५ करोड ७४ लाख ३३ हजार थियो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको कुल आम्दानी १० दशमलव ४४ प्रतिशत बढेको छ भने योजनाले करीब १२ प्रतिशत बढी खर्च गरेको छ । रू. ७५ करोड ५० लाख ७ हजार असार महीनामा कुल आम्दानी गरेको योजनाले रू. २ करोड ९२ लाख ६१ हजार कुल खर्च गरेको थियो ।  जेठ महीनामा योजनाको कुल आम्दानी रू. ६८ करोड ३६ लाख २५ हजार थियो भने रू. २ करोड ६१ लाख ९१ हजार खर्च गरेको थियो । लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य भने जेठको तुलनामा असार महीनामा घटेको छ । जेठ महीनामा रू. १६ दशमलव १३ रहेको योजनाको प्रति इकाई खुद मूल्य असार महीनामा रू. १५ दशमलव ८१ मा झरेको हो ।  धितोपत्र दोस्रो बजारमा लगानी गर्ने उदेश्य सहित स्थापित यस योजनाले असार मसान्तसम्म ब्रोकर कमिशन सहित रू. ८१ करोड २२ लाख ८३ हजार बराबरको लगानी गरेकोमा यसको बजार मूल्य रू. १ अर्ब १० करोड ४० लाख १९ हजार रहेको छ ।  योजनाको लागतभन्दा बजार मूल्य बढी रहेको हो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको बजार मूल्य करीब १८ प्रतिशतले वृद्धि भएको छ । जेठ महीनामा योजनाको धितोपत्र लगानीको बजार मूल्य रू. ९३ करोड ७५ लाख ५७ हजार थियो ।