कुमारी इक्विटी सहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत ७, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सावा तीन घण्टाको अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फण्ड, इमर्जिङ्ग नेपाल, नेपाल बैंक र ग्लोबल आइएमई बैंकको शेयरमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख ६१ हजार ९०० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी, कुमारी इक्विटी फण्डको ३ लाख १८ हजार ६५१ इकाई खरीद माग, इमर्जिङ् नेपालको २ लाख १६ हजार शून्य ९ कित्ता, नेपाल बैंकको २ लाख १३ हजार ६२१ कित्ता र ग्लोबल आइएमई बैंकको १ लाख ७ हजार ३०५ कित्ता शेयर खरीद माग रहेको छ ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ७ दशमलव शून्य १ अंक घटेर २ हजार ६०९ दशमलव ५७ बवन्दुमा झरेको छ भने कुल रू. १ अर्ब ३७ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।