वैशाख , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२७ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ । प्रभु सेलेक्ट फण्ड,सन्राइज ब्लूचिप फण्ड,कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको २ लाख ३५ हजार २५ इकाई खरीद माग रहेको छ । त्यसैगरी सन्राइज ब्लूचिप फण्डको २ लाख २२ हजार २ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख १ हजार इकाई,लक्ष्मी उन्नति कोषको १ लाख ९९ हजार ९ सय इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ५५ हजार ९० इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दा सम्म नेप्से परिसूचक ३२ दशमलव ९२ अंक घटेर २ हजार २७ दशमलव ५९ बिन्दूमा झरेको छ भने कूल रू. ९८ करोड ६३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।