लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डको असार महीनामा नाफा बढ्यो

साउन ११, काठमाडौं । यसवर्ष सबैभन्दा पहिले लाभांश पस्ताव गरेका लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै योजनाको सोमवार वित्तीय विवरण अनुसार अघिल्लो महीनाको तुलनामा नाफामा वृद्धि भएको छ । जेठ महीनाको भन्दा असार महीनामा लक्ष्मी उन्नति कोषको नाफा १८ दशमलव २१ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको नाफा १० दशमलव ३९ प्रतिशत बढी भएको हो ।  लक्ष्मी उन्नति कोषले जेठ महीनामा रू. २७ करोड १८ लाख ५७ हजार नाफा गरेकोमा असार महीनामा रू. ३२ करोड १३ लाख ६९ हजार नाफा गरेको छ । यस योजनाले इकाईधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रयोजनका लागि योजनाले साउन १३ गते (एक दिन) बुक क्लोज गर्ने मिति तय गरेको छ ।  लक्ष्मी उन्नति कोषको असार मसान्तसम्म प्रति इकाई खुद मूल्य पनि वृद्धि भई रू. १४ दशमलव ९२ कायम भएको छ । यो मूल्य जेठ मसान्तसम्म रू. १४ दशमलव १७ रहेको थियो । असार मसान्तमा जेठको तुलनामा करीब १९ प्रतिशत बढी रू. ३३ करोड ७५ लाख १४ हजार कुल आम्दानी गरेको यस योजनाले ३६ प्रतिशत बढी रू. १ करोड ६१ लाख ४५ हजार कुल खर्च गरेको छ । जेठ महीनामा योजनाको कुल खर्च रकम रू. १ करोड १८ लाख ५६ हजार थियो । यो अवधिसम्म लक्ष्मी उन्नति कोषले धितोपत्र दलाल कमिशन सहित रू. ३७ करोड २२ लाख ८१ हजार बराबरको धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू. ५२ करोड ९८ लाख २ हजार रहेको छ । जेठ महीनामा यो मूल्य रू. ५८ करोड ६१ लाख ८० हजार थियो । जेठ महीनाको तुलनामा असार महीनामा बजारमूल्य भने घटेको छ । त्यस्तै, यस वर्षका लागि ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको लक्ष्मी इक्वीटी फण्डले पनि असार महीनासम्ममा रू. ७२ करोड ५७ लाख ४६ हजार नाफा गरेको छ । जेठ महीनामा यो नाफा रू. ६५ करोड ७४ लाख ३३ हजार थियो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको कुल आम्दानी १० दशमलव ४४ प्रतिशत बढेको छ भने योजनाले करीब १२ प्रतिशत बढी खर्च गरेको छ । रू. ७५ करोड ५० लाख ७ हजार असार महीनामा कुल आम्दानी गरेको योजनाले रू. २ करोड ९२ लाख ६१ हजार कुल खर्च गरेको थियो ।  जेठ महीनामा योजनाको कुल आम्दानी रू. ६८ करोड ३६ लाख २५ हजार थियो भने रू. २ करोड ६१ लाख ९१ हजार खर्च गरेको थियो । लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य भने जेठको तुलनामा असार महीनामा घटेको छ । जेठ महीनामा रू. १६ दशमलव १३ रहेको योजनाको प्रति इकाई खुद मूल्य असार महीनामा रू. १५ दशमलव ८१ मा झरेको हो ।  धितोपत्र दोस्रो बजारमा लगानी गर्ने उदेश्य सहित स्थापित यस योजनाले असार मसान्तसम्म ब्रोकर कमिशन सहित रू. ८१ करोड २२ लाख ८३ हजार बराबरको लगानी गरेकोमा यसको बजार मूल्य रू. १ अर्ब १० करोड ४० लाख १९ हजार रहेको छ ।  योजनाको लागतभन्दा बजार मूल्य बढी रहेको हो । जेठ महीनाको भन्दा असार महीनामा योजनाको बजार मूल्य करीब १८ प्रतिशतले वृद्धि भएको छ । जेठ महीनामा योजनाको धितोपत्र लगानीको बजार मूल्य रू. ९३ करोड ७५ लाख ५७ हजार थियो ।

सम्बन्धित सामग्री

लक्ष्मी म्युचुअलका चारओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड-२ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ ।  लक्ष्मी भ्यालु फण्ड २ को न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ १३ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ ४ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ३८ पैसा पुगेको हो । लक्ष्मी इक्वीटी फण्डको न्याभ मङ्सिर मसान्तमा ९ रुपैयाँ ८९ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ पुस मसान्तमा १० रुपैयाँ ३६ पैसा पुगेको छ । यो फण्डको न्याभ मङ्सिर मसान्तमा ९ रुपैयाँ ९६ पैसा थियो । यो फण्ड मङ्सिर मसान्तमा रू. ३४ लाख २० हजार नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ८० लाख २६ हजार नाफामा छ । यो फण्डले पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २० करोड ९१ लाख लगानी गरेको छ ।  लक्ष्मी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ९० करोड ५५ लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तमा भने रू. ८६ करोड ९४ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । फण्ड पुस मसान्तसम्ममा रू. १३ करोड ५७ लाख नोक्सानीमा छ । मङ्सिर मसान्तमा पनि फण्ड रू. १८ करोड ६७ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी मङ्सिरको तुलनामा पुसमा केही घटेको छ ।  लक्ष्मी भ्यालु फण्ड २ ले पुस मसान्तसम्ममा रू. ३ करोड २७ लाख नाफा कमाएको छ । सो अवधिमा यो फण्डले सूचीकृत धितोपत्रमा रू. ४१ करोड ४० लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तमा भने रू. ३४ करोड ५३ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चारओटै फण्ड नोक्सानी बढ्यो

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष,लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नति कोषले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चार ओटै फण्ड नोक्सानी भदौ महीनाको तुलनामा असोज महीनामा वृद्धि भएको छ ।  शुभ लक्ष्मी कोषले भदौ मसान्तमा रू. १ करोड ९ लाख नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू. १ करोड ६८ लाख पुगेको छ । त्यस्तै लक्ष्मी इक्वीटी फण्डले भदौ मसान्तमा रू. २२ करोड १५ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. २६ करोड १९ लाख पुगेको हो ।  लक्ष्मी भ्यालु फण्ड २ असोज मसान्तसम्ममा रू. १ करोड ९४ लाख नोक्सानीमा रहेको छ । यस फण्ड भदौ मसान्तमा पनि रू. ५१ लाख २ हजार नोक्सानीमा थियो । लक्ष्मी उन्नति कोष भदौ मसान्तमा रू. ८ करोड ९ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ९ करोड ९० लाख पुगेको छ । असोज महीनामा यी चारओटै फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।  त्यस्तै यी चारओटै फण्डको न्याभ पनि भदौ महीनाको तुलनामा असोज महीनाका घटेको छ ।  लक्ष्मी उन्नति कोषको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४१ पैसामा झरेको हो ।  लक्ष्मी भ्यालु फण्ड २ को न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ९४ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै लक्ष्मी इक्वीटी फण्डको न्याभ ९ रुपैयाँ ६१ पैसा रहेकोमा असोज मसान्तमा घटेर ९ रुपैयाँ २९ पैसामा झरेको छ ।  शुभलक्ष्मी कोषको न्याभ भदौ मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ४९ पैसामा कायम भएको हो ।  लक्ष्मी इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस शुभ लक्ष्मी कोषको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस लक्ष्मी भ्यालु फण्ड २ को रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस  लक्ष्मी उन्नति कोषको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

१५ म्युचुअल फण्डले घोषणा गरे लाभांश, कसको कति ?

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै १५ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई लाभांश वितरणको घोषणा गरेका छन् । म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये ५ म्युचुअल फण्डले अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् भने ६ ओटाले घटाएका छन् । गत वर्ष ४ ओटा म्युचुअल फण्डले लाभांश वितरण गरेका थिएनन् । लाभांश घोषणा गरेकामध्ये एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत भदौ १७ गतेदेखि इकाईधनीहरूको बैक खातामा नगद लाभांश पठाउनसमेत शुरु गरिसकेको छ ।  केही म्युचुअल फण्डले भने लाभांश वितरणको लागि बुक क्लोज गरिसकेका छन् । एनआईबिएल सहभागिता फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले बुक क्लोज गरिसकेका हुन् ।  केही म्युचुअल फण्डले भने बुक क्लोज गर्ने तयारी गरेका छन् । सानिमा इक्वीटी फण्डले असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा यही असोज ११ गतेसम्म कायम इकाईधनीहरूले नगद लाभांश पाउनेछन् ।  त्यस्तै, एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले पनि नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने जानकारी दिएका छन् । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले यी फण्डको लाभांश पाउनेछन् । यी दुवैै फण्डले गत वर्षको मुनाफाबाट करसहित १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले पनि लाभांश वितरणको लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरू नगद लाभांश पाउन योग्य हुनेछन् । फण्डले गत आवको मुनाफाबाट करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  प्रभु सेलेक्ट फण्डले नगद लाभांश वितरणको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् । फण्डले गत आवको मुनाफाबाट ९ दशलमव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  सानिमा इक्वीटी फण्डको लाभांश सर्वाधिक सानिमा इक्वीटी फण्डले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस फण्डले प्रस्ताव गरेको नगद लाभांश म्युचुअल फण्डहरूमध्येकै सर्वाधिक हो ।  एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घट्यो  म्युचुअल फण्डहरूमध्ये एनआईबिएल सहभागिता फण्डको लाभांश सर्वाधिक घटेको छ । उक्त फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा ४४ दशलमव ४४ प्रतिशत घटेको हो । फण्डले अघिल्लो वर्ष आफ्ना इकाईधनीहरूलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश करसहित वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको छ ।  म्युचुअल फण्डहरूले गत वर्ष र यो वर्ष घोषणा गरेको लाभांश र घटबढ प्रतिशत स्रोत : फण्डहरूद्वारा प्रकाशित सूचनाबाट ।

लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी उन्नति कोषको न्याभ घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले साउनको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । लक्ष्मी इक्वीटी फण्डको न्याभ असार मसान्तमा १० रुपैयाँ ८२ पैसा रहेकोमा साउन मसान्तमा घटेर ९ रुपैयाँ ८२ मा झरेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ असार मसान्तमा १० रुपैयाँ ९९ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ ८९ पैसामा सीमित भएको हो । त्यस्तै यो फण्ड साउन मसान्तसम्ममा रू. ६ करोड ७७ लाख नोक्सानीमा छ । असार मसान्तमा पनि फण्ड रू. २ करोड २१ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी असारको तुलनामा साउनमा बढेको छ । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४४ करोड ९६ लाख लगानी गरेको छ ।  लक्ष्मी इक्वीटी फण्ड पनि साउन मसान्तमा नोक्सानीमा छ । फण्ड साउन मसान्तसम्ममा रू. १९ करोड ४८ लाख नोक्सानीमा रहेको हो । असार मसान्तमा पनि फण्ड रू. १० करोड २३ लाख नोक्सानीमा थियो । साउन मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ८८ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असार मसान्तसम्ममा रू. ९० करोड १८ लाख थियो ।  लक्ष्मी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् लक्ष्मी उन्नति कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

लक्ष्मी म्युचुअलका तीनओटै फण्ड नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड (Laxmi Mutual Fund) अन्तर्गत सञ्चालित तीन ओटा फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी उन्नति कोष, शुभ लक्ष्मी कोष र लक्ष्मी इक्वीटी फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार तीन ओटै फण्ड नोक्सानीमा रहेका छन् ।  चैत मसान्तसम्ममा लक्ष्मी उन्नति कोष रू. ७ करोड १ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ९ हजार र लक्ष्मी इक्वीटी फण्ड रू. २० करोड १७ लाख नोक्सानीमा रहेका हुन् । यी तीन ओटै फण्ड फागुन मसान्तमा पनि नोक्सानीमा थिए । फागुन महीनाको तुलनामा चैत महीनामा यी फण्डहरूको नोक्सानी केही घटेको छ । लक्ष्मी इक्वीटी फण्ड फागुन मसान्तसम्म रू. २१ करोड ३६ लाख, शुभ लक्ष्मी कोष रू. ९३ लाख ३४ हजार र लक्ष्मी उन्नति कोष रू. ७ करोड १३ लाख नोक्सानीमा थिए ।  फागुन महीनाको तुलनामा चैतमा लक्ष्मी उन्नति कोषको न्याभ केही बढेको छ । फागुन मसान्तसम्म फण्डको न्याभ १० रूपैयाँ २४ पैसा रहेकोमा चैत मसान्तसम्ममा १० रूपैयाँ २५ पैसा पुगेको हो । त्यस्तै यो फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ३३ करोड ८८ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्म रू. ३६ करोड ५२ लाख थियो ।  त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ भने स्थिर रहेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ६७ पैसा रहेकोमा चैत मसान्तमा पनि सोही कायम भएको छ । यस फण्डको सूचीकृत शेयरमा लगानी फागुन महीनाको तुलनामा चैत महीनामा केही घटेको छ । फण्डले फागुन मसान्तमा रू. १८ करोड ३० लाख लगानी गरेकोमा चैत मसान्तसम्म भने रू. १८ करोड ११ लाख लगानी गरेको हो ।  लक्ष्मी इक्वीटी फण्डको न्याभ फागुन महीनाको तुलनामा चैतमा बढेको छ । फागुन मसान्तमा फण्डको न्याभ ९ रूपैयाँ ९३ पैसा रहेकोमा चैत मसान्तमा बढेर १० रूपैयाँ ३ पैसा पुगेको हो । त्यस्तै यस फण्डको न्याभसँगै सूचीकृत शेयरमा लगानी पनि बढेको छ । फागुन मसान्तसम्म फण्डले सूचीकृत शेयरमा रू. ७६ करोड ६८ लाख लगानी गरेकोमा चैत मसान्तमा रू. ७७ करोड ६७ लाख पुगेको हो । लक्ष्मी इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

लक्ष्मी म्युचुअलका तीन ओटै फण्डको न्याभ घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा म्युचुअल फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नति कोष र शुभलक्ष्मी कोषले माघको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार तीन ओटै फण्डको न्याभ घटेको छ । शुभ लक्ष्मी कोषको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव २७ रहेकोमा माघ मसान्तसम्ममा रू. १० दशमलव १० मा झरेको हो । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ माघ मसान्तसम्ममा रू. १० दशमलव ५९ कायम भएको छ । यस फण्डको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव ६३ थियो ।  लक्ष्मी इक्वीटी फण्डको न्याभ पुस मसान्तसम्ममा रू. १० दशमलव ४५ रहेकोमा माघ मसान्तमा घटेर रू. १० दशमलव ४२ कायम भएको छ । यस फण्डले माघ मसान्तसम्ममा रू. १५ करोड २४ लाख नोक्सानी व्यहोरेको छ । पुसमा पनि फण्ड रू. १४ करोड ८६ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी पुसको तुलनामा माघमा बढेको छ । माघमा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । पुस मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ९ लाख रहेकोमा माघ मसान्तसम्ममा बढेर रू. १ करोड २८ लाख पुगेको छ । यस फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८२ करोड ८४ लाख लगानी गरेको छ ।  लक्ष्मी उन्नति कोषको नोक्सानी बढेको छ । यस फण्डले पुस मसान्तसम्ममा रू. ४ करोड ५५ लाख नोक्सानीमा रहेकोमा माघ मसान्तसम्ममा बढेर रू. ४ करोड ८० लाख पुगेको हो । यस फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३९ करोड लगानी गरेको छ ।  त्यस्तै शुभलक्ष्मी कोषले भने माघ मसान्तसम्ममा रू. २७ लाख ६१ हजार नाफा कमाएको छ । पुस मसान्तसम्ममा पनि फण्डले रू. ७३ लाख १७ हजार नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा पुसको तुलनामा माघमा घटेको छ । फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १८ करोड ५५ लाख लगानी गरेको छ ।

लक्ष्मी इक्वीटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख १२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २३१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  उक्त अवधिसम्ममा लक्ष्मी उन्नति कोष,लक्ष्मी इक्वीटी फण्ड,सानिमा इक्वीटी फण्ड,सिद्धार्थ इक्वीटी फण्ड र एनआईबिएल समृद्धि फण्ड २ को धितोपत्रमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख ११ हजार इकाई खरीद माग रहेको छ । त्यसैगरी सानिमा इक्वीटी फण्डको ९२ हजार १८० इकाई,सिद्धार्थ इक्वीटी फण्डको ८६ हजार ८५१ इकाई,लक्ष्मी इक्वीटी फण्डको २ हजार २५५ इकाई र एनआईबिएल समृद्धि फण्ड २ को ७९ हजार ६७० इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २९ दशमलव ८० अंक घटेर २ हजार ३९१ दशमलव १६ मा झरेको छ । उक्त अवधिसम्ममा कुद रू. १ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

लक्ष्मी इक्वीटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाकोअवधिमा कारोबारमा आएका २२३  ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा उच्च खरीद माग रहेको छ ।  उक्त अवधिसम्ममा एनएमबी फिप्टी,लक्ष्मी इक्वीटी फण्ड,सनराइन फष्ट म्युचुअल फण्ड, लक्ष्मी उन्नति कोष र नबिल ब्यालेन्स फण्ड २ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ७ लाख ९ हजार ७१३ इकाई खरीद माग रहेको छ । त्यसैगरी लक्ष्मी इक्वीटी फण्डको ६ लाख ३२ हजार ५०० इकाई खरीद माग, सनराइज फष्ट म्युचुअल फण्डको ५ लाख ७५ हजार ७०० इकाई,लक्ष्मी उन्नति कोषको ५ लाख १ हजार ६०० इकाई र नबिल ब्यालेन्स फण्ड २ को ४ लाख ८८ हजार ७८५ इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ अंक घटेर २ हजार ४३३ दशमलव ९८ विन्दुमा  झरेको छ । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ३४ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

लक्ष्मी उन्नति कोषसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत २०, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको  छ । उक्त अवधिसम्ममा लक्ष्मी उन्नति कोष, नबिल इक्वीटी फण्ड,एनएमबी फिप्टी,लक्ष्मी इक्वीटी फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाईमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ६ लाख १२ हजार ३०० इकाई खरीद माग रहेको छ । त्यसैगरी दोस्रोमा नबिल इक्वीटी फण्डको २ लाख १२ हजार ४२४ इकाई, एनएमबि फिप्टीको १ लाख ९७ हजार ८०० इकाई,लक्ष्मी इक्वीटी फण्डको १ लाख ८८ हजार ८ सय इकाई र एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ५९ हजार २७५ इकाई खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २७ दशमलव २५ अंक घटेर २ हजार ५१७ दशमलव शून्य ५ विन्दुमा झरेको छ  । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ९२ करोड ३५ लाख बराबरको शेयर किनबेच भएको छ ।