चैत ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा प्रभु सेलेक्ट फण्ड,लक्ष्मी उन्नति कोष,कुमारी इक्वीटी फण्ड,सानिमा इक्वीटी फण्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरीद माग रहेको छ। ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको ३ लाख ३ हजार ८०० इकाई खरीद माग रहेको छ।
त्यसैगरी लक्ष्मी उन्नति कोषको २ लाख ५० हजार ९ सय इकाई,कुमारी इक्वीटी फण्डको २ लाख ३९ हजार ४०० इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ५ हजार ४५० र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ५४ हजार ६२ कित्ता शेयर खरीद माग रहेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २१ दशमलव ९ अंक बढेर २ हजार ४०६ विन्दुमा पुगेको छ ।
उक्त अवधिसम्ममा कुल रू. ९८ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।