वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तिन घण्टा अवधिमा कारोबारमा आएका २२३ धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
नबिल ब्यालेन्स फण्ड २, लक्ष्मी उन्नति कोष, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, सानिमा इक्वीटी फण्ड र सनराइज ब्लूचिप फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्र मध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड २ को २ लाख १२ हजार २० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी दोस्रोमा लक्ष्मी उन्नति कोषको १ लाख ४९ हजार १५० इकाई, हाइड्रोइलेक्ट्रीसिटीको १ लाख ३ हजार १७ कित्ता, सानिमा इक्वीटी फण्डको ७५ हजार २६५ इकाई र सनराइज ब्लूचिप फण्डको ६७ हजार १ सय इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ४ दशमलव १६ विन्दु बढेर २ हजार ३७३ दशमलव २२ विन्दुमा पुगेको छ भने कुल रू. १ अर्ब ५९ करोड बराबरको शेयर खरीदविक्री भएको हो ।