चैत २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा कारोबारमा आएका २३४ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कुमारी इक्वीटी फण्ड,लक्ष्मी उन्नति कोष, एनआईसी एशिया ब्यालेन्स फण्ड,प्रभु सेलेक्ट फण्ड र सानिमा इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कुमारी इक्वीटी फण्डको २ लाख ३८ हजार १५० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी लक्ष्मी उन्नति कोषको २ लाख २ हजार १०० इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख २९ हजार ३०० इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख २० हजार २९८ इकाई र सानिमा इक्वीटी फण्डको १ लाख ६ हजार ३०० इकाई खरीद माग रहेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३८ दशमलव २४ अंक घटेर २ हजार ३८१ दशमलव ५५ विन्दुमा झरेको छ । त्यसैगरी कुल रू.१ अर्ब १२ करोड बराबरको शेयर किनबेच भएको छ ।