चैत २, काठमाडौं । साताको चौथो कारोबर दिन बुधवार कारोबारमा आएका २२८ ओटा धितोपत्र मध्ये ५ ओटा धितोपत्रको मूल्यमा उच्च खरीद माग रहेको छ ।
लक्ष्मी उन्नति कोष, सानिमा इक्विटी फण्ड, इमर्जिङ्ग नेपाल लिमिटेड, प्रभु सेलेक्ट फण्ड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा उच्च खरीद माग रहेको हो । यी ५ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको ३ लाख १७ हजार इकाई खरीद माग रहेको हो ।
त्यसैगरी, सानिमा इक्विटी फण्डको १ लाख ९२ हजार ५०० इकाई, इमर्जिङ्ग नेपालको १ लाख ७६ हजार ५७ कित्ता, प्रभु सेलेक्ट फण्डको १ लाख ६ हजार १६५ इकाई र जाल्पा सामुदायिक लघुवित्तको १ लाख ६३ हजार ३३९ कित्ता शेयर खरीद माग रहेको छ ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १७ दशलमव ७८ अंक घटेर २ हजार ६३३ दशमलव १९ मा झरेको छ भने कुल रू. १ अर्ब ७२ करोड बराबरको शेयर केनबेच भएको हो ।