असार २७, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभपमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार २४ गते बाँडफाँट भएको छ ।
कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सर्वसाधारण शेयर असार ९ गतेदेखि असार १६ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।
कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम सोमवारदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने पनि जानकारी दिएको छ ।
कम्पनीले शेयरधनीलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
साथै, कम्पनीको अन्तिम मूल्य रू. ३८७ दशमलव ७१ रहेको र बाँडफाँटको विवरण विक्री प्रवन्धकको वेबसाइटमा हेर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।