नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक शेयर खरीदविक्री ,शेयर मूल्य ८.३१ प्रतिशत घट्यो

वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे २ घण्टा अवधिमा कारोबारमा आएका २२३ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक धितोपत्र खरीद विक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ७ करोड ९७ लाख बराबरको शेयर खरीद विक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४८५ दशमलव १० मा कारोबार भइरहेको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३१ प्रतिशत घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ३१२ पुगेसँगै बधवारदेखिनै विक्री चाप बढी रहेकोले कम्पनीको शेयर मूल्य घटेको हो । यो समचार तयार पार्दा सम्म नेप्से परिसूचक २८ दशमलव ५३ अंक घटेर २ हजार २९१ दशमलव ९९बिन्दूम ाझरेको छ भने कुल रू. ७६ करोड १३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।   

सम्बन्धित सामग्री

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

गभर्नरको बर्खास्तीकै माग गर्ने लगानीकर्ता निलम्बनबाट पनि भएनन् उत्साहित

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४४ दशमलव ६४ अंक अर्थात् १ दशमलव ८१ प्रतिशत घटेको छ । नेप्से परिसूचक २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो ।  वाणिज्य बैंकले वैशाख महीनाको लागि ब्याजदर नबढाउने समहति गरेसँगै सोमवार बजार खुलेको ५ मिनेटमा ४० अंक बढेर २ हजार ५०७ विन्दुसम्म पुगेको थियो । यसोत बजार बढेको बेलामा ट्रेडर हावी भएका छन् । सोही कारण बजार घटेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजरदर वृद्धिले शेयर बजारलाई नराम्रोसँग असार परेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले  गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका भनिएता पनि सोमवारको बजारमा त्यस्तो देखिएन । समग्र देशको अर्थतन्त्र नै विग्रदो अवस्थामा रहेको भन्दै टिकाटिप्पणी हुन थालेसँगै लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ ।   अब वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न शुरु गर्नेछन्, बैंकहरुले वैशाखका लागि ब्याजदर नबढाउने घोषणा गरेका छन् । यी कारणले गर्दा पनि अब बजार विस्तारै लयमा फर्कने अनुमान लगाउन सकिन्छ ।  कारोबारमा आएका २३३ धितोपत्रको ५० लाख ९५ हजार ३४ कित्ता शेयरको ४० हजार ५०७ पटकमा रू. २ अर्ब २६ करोड ७ लाख ६ हजार ६२ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २३३ धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७० र जाल्पा सामुदायिक लघुवित्तको रू. ४९१ दशमलव १० पुगेको छ । सोमवार सबैभन्दा बढी इमर्जिङ नेपालको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर रू. १ हजार ३८० कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ  इन्स्योरेन्सको रू. १६ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ७ करोड २१ लाख बराबरको भएको हो ।

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको चर्चासँगै शेयर बजारमा ठूलो गिरावट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्सेको ओरालो यात्रा कायममै रहेको छ । मंगलवार नेप्से परिसूचक ४६ दशमलव ४६ अंक घटेर २ हजार ४५२ दशलमव ०६ बिन्दुमा झरेको छ ।  यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयरको ४५ हजार ८९४ पटकमा रू. २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलवार प्रि-ओपन सेसनमा ९ अंक बढेको बजार अन्तिममा भने ठूलो अंकले झरेको छ । पछिल्लो समय ब्याजदर वृद्धिलगायत वित्तीय क्षेत्रमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित बनेको छ । यसोत टेक्निकल्ली सपोर्ट २  हजार ५०० विन्दुबाट तल झरेसँगै लगानीकर्ता पेनिक भएका छन् ।  नेपालकै अर्थतन्त्र धरासयी बन्दै गएको भन्दै विज्ञहरुले बहस गरिरहँदा शेयर बजारका लगानीकर्ता पनि त्रासित बनेको देखिन्छ । मंगलवार बजार शुरुमा केहि सम्हालिन खोजेपनि विक्रेता हावी भएका छन् । यसोत बजार घटेर तल्लो बिन्दुमा आउँदा सस्तो मूल्यमा शेयर खरीद गर्ने पनि आकर्षित भएका थिए । सोही कारण अघिल्लो तीन दिन भन्दा कारोबार रकम बढेको छ । मंगलवार कारोबारमा आएका २२८ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ७५६ दशलमव १० पुगेको छ । त्यसैगरी इमर्जिङ नेपालको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ३२३ मा झरेको हो ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ६७ लाख बराबरको भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ६८२ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको रू. ८ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशलमव ५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको छ। समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक १ दशलमव १५ प्रतिशत, व्यापार समूहको १ दशमलव ८६ प्रतिशत,विकास बैंक समूहको १ दशलमव ९५ प्रतिशत,हाइड्रोपावर समूहको २ दशलमव शून्य ७ प्रतिशतले घटेको छ ।  यसैगरी वित्त समूहको २ दशलमव ७२ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशलमव ९२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ७३ प्रतिशत,अन्य समूहको ३ दशलमव ६६ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ३९ प्रतिशत,जीवन बीमा समूहको ३ दशलमव १ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशलमव ८ प्रतिश तर लगानी समूहको परिसूचक १ दशमलव ८ प्रतिशशतका दरले घटेको छ ।