नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको चर्चासँगै शेयर बजारमा ठूलो गिरावट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार पनि नेप्सेको ओरालो यात्रा कायममै रहेको छ । मंगलवार नेप्से परिसूचक ४६ दशमलव ४६ अंक घटेर २ हजार ४५२ दशलमव ०६ बिन्दुमा झरेको छ ।  यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयरको ४५ हजार ८९४ पटकमा रू. २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलवार प्रि-ओपन सेसनमा ९ अंक बढेको बजार अन्तिममा भने ठूलो अंकले झरेको छ । पछिल्लो समय ब्याजदर वृद्धिलगायत वित्तीय क्षेत्रमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित बनेको छ । यसोत टेक्निकल्ली सपोर्ट २  हजार ५०० विन्दुबाट तल झरेसँगै लगानीकर्ता पेनिक भएका छन् ।  नेपालकै अर्थतन्त्र धरासयी बन्दै गएको भन्दै विज्ञहरुले बहस गरिरहँदा शेयर बजारका लगानीकर्ता पनि त्रासित बनेको देखिन्छ । मंगलवार बजार शुरुमा केहि सम्हालिन खोजेपनि विक्रेता हावी भएका छन् । यसोत बजार घटेर तल्लो बिन्दुमा आउँदा सस्तो मूल्यमा शेयर खरीद गर्ने पनि आकर्षित भएका थिए । सोही कारण अघिल्लो तीन दिन भन्दा कारोबार रकम बढेको छ । मंगलवार कारोबारमा आएका २२८ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य रू. १ हजार ७५६ दशलमव १० पुगेको छ । त्यसैगरी इमर्जिङ नेपालको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ३२३ मा झरेको हो ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको रू. ९ करोड ६७ लाख बराबरको भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ६८२ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको रू. ८ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशलमव ५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको छ। समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक १ दशलमव १५ प्रतिशत, व्यापार समूहको १ दशमलव ८६ प्रतिशत,विकास बैंक समूहको १ दशलमव ९५ प्रतिशत,हाइड्रोपावर समूहको २ दशलमव शून्य ७ प्रतिशतले घटेको छ ।  यसैगरी वित्त समूहको २ दशलमव ७२ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशलमव ९२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ७३ प्रतिशत,अन्य समूहको ३ दशलमव ६६ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ३९ प्रतिशत,जीवन बीमा समूहको ३ दशलमव १ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशलमव ८ प्रतिश तर लगानी समूहको परिसूचक १ दशमलव ८ प्रतिशशतका दरले घटेको छ । 

सम्बन्धित सामग्री

हाम्रो देश श्रीलंकाको बाटोमा छैन तर अर्थतन्त्रमा समस्या छ

सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर, पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र संकटोन्मुख मात्रै हो वा संकटग्रस्त बनिसक्यो ? यसबारेमा अर्थविद्हरूले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरू नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने […]

‘अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन’

संकटग्रस्त रहेको परिसंघको भनाई नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र समस्यामा रहे पनि श्रीलंकाको जस्तो संकटपूर्ण अवस्थामा नरहेको दाबी गरेको छ । परिसंघले अर्थतन्त्रको तथ्यांकीय विश्लेषणसहित नेपालको अवस्था श्रीलंकाको जस्तो अन्त्यन्त कठिन मोडमा नरहेको र आउँदा दिनमा पनि श्रीलंकाको जस्तो संकट आउन नसक्ने बताएको हो ।मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै परिसंघले अर्थतन्त्रमा सुधारका लागि थप […]

श्रीलंकासँग नेपालको अर्थतन्त्र तुलना नहुने परिसंघको ठहर

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थासँग तुलना नहुने ठहर गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँगको छलफलमा परिसंघले अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल गरेको छ ।परिसंघमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिँदै विदेशी मुद्राको संचितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।उनले नेपालको अर्थतन्त्रलाई […]

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् ।उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने विश्वास दिलाए । डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् […]

‘हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो हुँदैन’

निजी क्षेत्रका अगुवाहरूले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।...

अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्नेतर्फ सचेत गराउनुभएको छ । बिहिबार रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले आर्थिक अवस्थामा नेपालको स्थिति श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नभए पनि भोलि अप्ठ्यारो स्थिति आउनसक्ने भएकाले अहिले नै समाधानको लागि …