४२ लघुवित्त कम्पनीको शेयर मूल्य हजारमुनि, साढे ३१ सय पुगेको लघुवित्तको शेयर ११ सयमा झर्‍यो

काठमाडौं । पछिल्लो समय अधिकांश लघुवित्त कम्पनीहरूको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ कम्पनीहरूमध्ये ४२ कम्पनीको शेयर मूल्य घटेर हजारमुनि आएको छ । तीमध्ये समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा सस्तो छ । कम्पनीको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू. ७४ कायम भएको छ । यस आधारमा कम्पनीका आईपीओ खरीदकर्ता नै २६ रुपैयाँ नोक्सानीमा छन् । शेयर मूल्य सर्वाधिक कम भएका कम्पनीको सूचीमा दोस्रोमा ग्रामीण विकास लघुवित्त छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८४ छ ।  सूचीकृत कम्पनीहरूमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा महँगो छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २५ दशमलव १ छ । शेयर मूल्य सर्वाधिक महँगो भएका कम्पनीको सूचीमा दोस्रोमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८०३ दशमलव ५ छ ।  एक वर्षमा जाल्पा सामुदायिकको शेयर ३१ सयबाट ११ सयमा झर्‍यो एक वर्षमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ६३ दशमलव ८१ प्रतिशत घटेको छ । सन् २०२२ सेप्टेम्बर ५ मा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार १५० रहेकोमा २०२३ सेप्टेम्बर ५ मा प्रतिकित्ता रू. १ हजार १४० मा झरेको हो । २० % भन्दा बढीले घट्यो समूहगत परिसूचक पछिल्लो एक वर्षमा लघुवित्त समूहको समूहगत परिसूचक २० प्रतिशतभन्दा बढीले घटेको छ । सन् २०२२ सेप्टेम्बर ५ मा लघुवित्त समूहको परिसूचक ४ हजार ४७३ दशमलव ०२ रहेकोमा २०२३ सेप्टेम्बर ५ मा ३ हजार ५६६ दशमलव ३१ मा झरेको हो । किन घट्यो लघुवित्तमा आकर्षण ? एक वर्षअघि भने दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढी थियो । यो क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बजार बढ्दा उच्च दरमै बढ्ने गरेकाले कम मूल्यमा शेयर खरीद गर्दा पनि भविष्यमा राम्रो नाफा कमाउन सकिने, अरु सेक्टरका कम्पनीहरूको तुलनामा लघुवित्त कम्पनीहरूले लाभांश पनि राम्रो दिनेलगायत त्यतिबेला लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीहरूको शेयरमा देखिएको जानकार बताउँछन् । तर, नेपाल राष्ट्र बैंकले निर्देशिकामार्फत १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीलाई बढी हुने लाभांशको कुल ९५ प्रतिशत रकम विभिन्न कोषमा जम्मा गर्नुपर्ने प्रावधान ल्याएपछि लघुवित्त कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको हो ।  राष्ट्र बैंकको संशोधित एकीकृत निर्देशिकामा १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा शेयर) प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा बढी हुने लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।   मौद्रिक नीतिपछि पनि घट्यो बजार मौद्रिक नीति सार्वजनिकपछि शेयर बजार २० प्रतिशतभन्दा बढीले घटेको छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले पनि बजार घटेको जानकारहरू बताउँछन् ।   

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

छिमेक लघुवित्त सहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  छिमेक लघुवित्त वित्तीय संस्था,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी तीन  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले छिमेक लघुवित्तको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ८६५ दशमलव ७१ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०९ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३७४ दशमलव ४३ कायम भएको छ ।  सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३८६ दशमलव ५४ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०२ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि  अर्थात पुस १७ गते  यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

कालिका लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बुधवार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपश्चात् विजय लघुवित्तको शेयर मूल्य रू. ६५८ दशमलव ३३ र कालिका लघुवित्तको रू. ६५९ दशमलव ६६ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कालिका लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७८५ र विजय लघुवित्तको शेयर मूल्य रू. ७९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बिहीवारदेखि  दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

आरएमडिसीसहित तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य समायोजन गरिएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरूले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिदिएको हो ।  नेप्सेले आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् आरएमडीसी लघुवित्तको शेयर मूल्य रू. ७३८ दशमलव २५, समता घरेलु लघुवित्तको रू. ६३९ दशमलव ५७ र मनकामना स्मार्ट लघुवित्तको रू. ७२५ दशमलव ५४ कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरूको शेयर मूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा आरएमडीसी लघुवित्तको शेयर प्रतिकित्ता रू. ९३० दशमलव २०, समता घरेलुको रू. ७३५ दशमलव  ५० र मनकामना स्मार्टको रू. ७६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार अर्थात् आज दोस्रो बजारमा यी लघुवित्तहरूको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।  नेप्सेले बिहीवार सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य रू. १ हजार १०० को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ९९० दशमलव ९९ तोकेको छ । त्यस्तै नेप्सेले बिहीवार डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य रू. ८१९ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ दशमलव ५५ तोकेको छ । आइतवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले आजको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८०८ दशमलव ६२ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९३८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८२७ दशमलव ८७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार १० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेद्धारा साधना लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं, ३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ । साधारण सभा प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको शेयरमूल्य प्रतिकित्ता १७ सय ६९ रुपैयाँको […]