के बजारले न्युन विन्दुमा सपोर्ट पाएको हो ? धेरै दिनको अन्तरमा बजार बढेपछि यसो भन्छन् विश्लेषक

चैत २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३५ दशमलव ६६ अंक बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा पुगेको हो ।  गत बुधवार मात्र बढेको बजार त्यपछि लगातार घटेको थियो । लगातार पाँच दिनसम्म बजार घटिसकेपछि सस्तो मूल्यमा शेयर खरीद गर्न लगानीकर्ताहरू आकर्षित भएपछि बिहीवार बजार बढेको बजार विश्लेषकहरूले बताएका छन् । अहिले कम्पनीको मूल्य आम्दानी अनुपातलाई हेर्दा पनि शेयर मूल्य धेरै नै सस्तिएको देखिन्छ । त्यसैले गर्दा खरीदकर्ता आर्कषित भएका हुन् । बैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गर्नेछन्। निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी पनि शुरु भएकाले चालू आवको सरकारी खर्च वृद्धि हुन थालेको छ । यी  याबत कारणले गर्दा पनि शेयर बजार बढ्न सक्ने शेयर विश्लेषकहरु बताउँछन् ।  प्राविधिक शेयर विश्लेषक विष्णु प्रसाद बस्यालले विगत आठ महीनाको बजार ट्रेण्ड हेर्दा बजारले न्यून विन्दुको टेवा पाइसकेकाले अव बजार बिस्तारै अप ट्रेण्डमा जाने बताए ।  बुधावार परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन कारोबारमा आएका २२४ धितोपत्रको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयरको ४२ हजार ५०६ पटकमा रू. २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२४ धितोपत्र मध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेकोछ । हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । हिमालयन पावर पार्टनरको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार ७०० पुगेको हो । त्यसैगरी बिहिवार सबैभन्दा बढी राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ७१ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५३२ मा झरेको हो  । त्यसैगरी दोस्रोमा इमर्जिङ नेपालको शेयर मूल्य ६ दशमलव ६१ प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ११२ कायम भएको हो । सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको रू. ७ करोड ३८ लाख बराबरको भएको हो । त्यसैगरी दोस्रोमा प्राइम कमर्सियल बैंकको रू. ६ करोड ७१ लाख बराबरको शेयर खरीदविक्री भएको छ। कारोबारमा आएका १३ ओटै समूहको समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।

सम्बन्धित सामग्री

बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।  लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।  चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।   विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन । एजेन्सी

निरन्तर तीन कारोबार दिन बढ्यो नेप्से परिसूचक, कुल बजार पूँजीकरण करीब ३२ खर्ब

जेठ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।  यो दिन परिसूचक ८ दशमलव शून्य ३ अंक बढेर २ हजार २३९ दशमलव ६० विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२२ ओटा धितोपत्रको २३ लाख २४ हजार ६६५ कित्ता शेयर १८ हजार ८०८ पटकमा रू. ८८ करोड ९८ लाख ३४ हजार ९०८ दशमलव ६० मा खरीदविक्री भएको छ । परिसूचक बढेपनि कारोबार रकम भने बढेको छैन । बजार आज तेस्रो दिनसम्म लगातार वृद्धि भएको हो । कुल बजार पूँजीकरण रू. ३१ खर्ब ८७ अर्ब रहेको छ । लगानीकर्ता आगामी आवको बजेटको प्रतिक्षामा रहेको देखिएको छ । विशेष गरी शेयरधितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको थियो । अब यी नीतिगत विषयलाई आगामी बजेटमार्फत संसोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेषक बताउँछन् । कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४७ दशमलव ५० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयर मूल्यमा बढ्ने दोस्रो कम्पनीमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ दशमलव २० प्रतिशत बढेर रू. ३७७ पुगेको छ ।  बिहीवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ४७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०५ झरेको हो । त्यसैगरी दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेर रू. ३२५ दशमलव ३० मा झरेको हो ।  मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेसँगै कम्पनीको सर्वाधिक रू. ५ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावरको रू. ४ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशलमव १९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २२ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७४ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव १७ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशतका दरले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको हो । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशलमव ९८ प्रतिशत, लगानी समूहको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ८५ प्रतिशत, निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशतका दरले वृद्धि भएको हो ।

२०७८ सालको शेयर बजार : नयाँ वर्षलाई २७३५ विन्दुले स्वागत गरी २४०० विन्दुमा विदाइ

चैत ३०, काठमाडौं । २०७८ सालमा उच्च विन्दु कायम गरेको नेप्से परिसूचकले हजार ४०० विन्दुमा झरेर यो वर्षलाई विदाइ गरेको छ । २०७८ वैशाख २ गते वर्षको पहिलो करोबार खुलेको दिन २७३५ विन्दुमा पुगेर बन्द भएको परिसूचक यो वर्षको अन्तिम दिन चैत ३० गते बुधवार २ हजार ४१५ दशमलव २४ विन्दुमा बन्द भएर विदाइ गरेको छ ।  गत कारोबार दिनको तुलनामा आज नेप्से परिसूचक ३० दशमलव २४ अंकले बढेको छ । यो दिन २२९ धितोपत्रको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा खरीद विक्री भएको छ ।   यो वर्षको भदौ २ गते ३२०० विन्दुमाथि पुगेर परिसूचकले नयाँ रेकर्ड काय गरेको थियो । त्यस्तै २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएर कारोबार रकमको रेकर्ड ब्रेक गरेको थियो । यो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा खरीदविक्री भएको थियो ।  यो वर्ष लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गुमाएका पनि छन् । १२ सय विन्दुबाट लगातार उकालो लागेको बजारमा ३२ सय विन्दुसम्म पुग्दा धेरै लागनीकर्ताले धैर्य गरेर कमाए भने कतिपयले भने बढेको बजारमा लगानी गर्दा गुमाएका पनि छन् ।  यो वर्ष नयाँ रेकर्ड बनाएकोले कतिपय शेयर लगानीकर्ता हर्षित पनि भए । तर, उक्त समयमा शेयर खरीद गर्नहरू अहिले पुरपुरोमा हात लगाएर बस्न बाध्य छन् । नेप्सेले उच्च विन्दु कायम गरेको दिनको तुलनामा करीब ८ सय विन्दु तल परिसूचक झरेको छ ।  उच्च विन्दु कायम गरेर बजारमा उतरचढाव आउँदा कतिपय लगानीकर्ता पछिल्लो समय तनावमा पनि छन् । धेरै कमाउने दाउमा कतिपयले बढेकै बजारमा बैंकबाट ऋण लिएर लगानी पनि गरे । अहिले बजार घट्दा उनीहरूलाई बैंकको ब्याज तिर्न नै हम्मेहम्मे परेको अवस्था छ ।  २०७८ सालमा धितोपत्र बजारका मुख्य घटना  अहिले परिसूचक २४ सय विन्दु तल झरेको छ । यही वर्षको भदौ २ गते उच्च विन्दु ३२ सयमा पुगेर नयाँ रेकर्ड बनाएको नेप्सेले ८ महीनाको अवधिमा त्यो विन्दुलाई भेट्टाउन हम्मेहम्मे परेको छ । अहिले उक्त विन्दुबाट करीब ८ ०० सय अंक तल झरेर यही विन्दु आसपास कारोबार भइरहेको छ । शेयर विश्लेषक रविन्द्र भट्टराईका अनुसार जब नेप्से परिसूचक बढ्दै जान्छ, तब नयाँ लगानीकर्ताको आकर्षण पनि बढ्दै जान्छ । त्यही भएरपनि नेप्से बुलिस ट्रेण्डमा जाँदा कारोबार रकम पनि बढ्ने गर्छ ।   तर, बजामा प्रवेश गरेका लगानीकर्ताको संख्या र प्रविधिको प्रयागलाई हेर्दा बजारले आगामी वर्ष २०७९ मा नयाँ दिशा लिने कतिपय विश्लेषको आकलन छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोमा एक बैंकबाट ४ करोड रुपैयाँ र एकभन्दा बढीबाट १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरिदिएपछि आम लगानीकर्ता सडकमै उत्रिएका थिए । यो नीतिले बजारमा नकारात्मक प्रभाव पार्ने भन्ने लगानीकर्ताको बुझाई थियो । तर, राष्ट्र बैंकले यो नीति अवलम्बन गरेर साना लगानीकर्ताको सहभागितामा सहयोग पुगेको दावी गर्दै आएको छ । यसैगरी यो वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष फेरबदलदेखि नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तनसम्म भए । बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका निवर्तमान सीईओ चन्द्रसिंह साउदलाई बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न लागेको सर्बाेत्तम सिमेन्टको भित्री शेयार कारोबार गरेको आरोप लाग्यो । साउदले भदौ ८ गते राजिनामा दिए भने ढुंगानालाई सरकारले निलम्बन गर्याे ।  सरकारले बोर्डमा अध्यक्ष रमेश कुमार हमाल र नेप्सेमा कृष्णबहादुर कार्की नियुक्त गर्‍यो । अध्यक्ष हमाल करीब २ वर्षे बाँकी कार्यकालका लागि नियुक्त भएका हुन भने सीईओ ४ वर्षे कार्यकालका लागि नियुक्त भए । २०७८ सालमा नियुक्त भएका अध्यक्ष र सीईओले धितोपत्र बजारको सुधारमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । धितोपत्र बजारलाई सबैको सहज पहुँच हुने गरी नीतिगत व्यवस्था गर्ने पनि यो वर्ष चर्चाको विषयमा छन् । योसँगै विदेश गएकाहरूलाई आईपीओको कोटा छुट्याउँने समेतका चर्चा पनि यो वर्ष चलेका छन् ।

आरआरआरको पहिलो दिनको कमाइ २५० करोड

एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ ले पहिलो दिन विश्वभरबाट २५० करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभरमा धमाका मच्चाइरहेको छ। बाहुबलीका निर्देशक राजामौलीको यो चलचित्रले कोभिड महामारीपछि चलचित्र क्षेत्रको विश्व बजारमा सुनामी ल्याएको भारतका चलचित्र बजार विश्लेषक तरण आदर्शले जनाएका छन्। आरआरआर धेरै भाषामा […]

नेप्से २७०० मा : कुल बजार पूँजीकरण रू. १ खर्ब ४१ अर्बले घट्यो

काठमाडौं । फागुन महीनाको पहिलो कारोबार दिन नेपालको धितोपत्र बजारको पूँजीकरण रू. १ खर्ब ४१ अर्ब ८३ करोडले घटेको छ । आइतवार बैंक तथा वित्तीय संस्थाले बढाएको निक्षेपको ब्याजदरका कारण लगानीकर्ता आत्तिएर शेयर विक्री गर्दा बजारमा नकारात्मक असर परेको हो । अघिल्लो कारोबार दिन बिहीवार कुल बजार पूँजीकरण रू. ३९ खर्ब ५९ अर्ब ६४ करोड रहेकोमा आइतवार यो रकम रू. ३८ खर्ब १७ अर्ब ८१ करोडमा झरेको हो । आइतवार नेप्से परिसूचक ३ दशमलव ५९ प्रतिशत अर्थात् १०० दशमलव ६७ अंकले घटेर २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । गत बिहीवार रू. ३ अर्ब ८२ करोड बराबरको शेयर कारोबार भएकोमा आइतवार कारोबार रकम रू. ५ अर्ब ९७ करोड पुग्यो । धितोपत्र बजार र बैंक तथा वित्तीय संस्थाको ब्याजदरका बीच उल्टो सम्बन्ध रहँदै आएको छ । आइतवारदेखि नै लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएका छन् । तर, बजार विश्लेषकहरूले भने ब्याजदर वृद्धिका कारण आइतवार लगानीकर्ता आत्तिनुपर्ने कारण नभएको बताएका छन् । बजार विश्लेषक हेमन्त बस्यालले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउने कुरा पहिले नै थाहा भइसकेको भए पनि लगानीकर्ता सूचनाको पासोमा परेको टिप्पणी गरेका छन् । माघ महीनामा ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरूले लगानीयोग्य पूँजीको अभाब हुँदै जाँदा फागुनमा ब्याजदर बढाउने कुरा लगानीकर्ताले अनुमान गरिसकेका थिए । आइतवार कारोबार रकम बढेकाले सोझा लगानीकर्ता सूचनाको पासोमा परेको उनको भनाइ छ । बजार घट्नुको पछाडि ब्याजदर वृद्धि मात्रै नभएर राजनीतिक अस्थिरतासमेत जोडिएको तर्क बस्यालको छ । स्थानीय निर्वाचनको समय नजिकिँदै जाँदा बजारमा तरलता भित्रिने निश्चित रहेको अवस्थामा अहिले बढेको ब्याजदर कायम रहने अवस्था नरहेको उनले बताए । चुनावका बेला नेपालमा मात्र होइन, जुनसुकै देशमा बजार उतारचढाव हुने भन्दै यसलाई गम्भीर रूपमा नलिन र बजारमा देखिएको अवसरको सदुपयोग गर्नसमेत विश्लेषक बस्यालले सुझाव दिएका छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन् रेकर्ड ब्रेक गर्छ

काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन:  गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १४ अंकले घट्दा लगानीकर्ता अन्योलमा देखि…

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन् – 'रेकर्ड ब्रेक गर्छ'

काठमाडौँ - साताको पहिलो दिन १०५ अंकले बढेको सेयर बजार सोमबारको कारोबारमा पुन:  गिरावट आएको छ । आजको कारोबारमा प्रि-ओपनिङबाटै गिरावट सुरु भएको थियो ।सो क्रम बजार बन्द हुने समयसम्मै कायम रह्यो। आइतबारको कारोबारमा १०५ अंकले बढेको थियो । दोस्रो दिनको कारोबारमा दोहोरो १३ अंकले घट्दा लगानीकर्ता अन्योलमा…

बक्स अफिसमा सूर्यवंशीको आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

बलिउड चलचित्र सूर्यवंशी यतिखेर हलमा लागिरहेको छ ।  कोरोना महामारीपछि अस्तव्यस्त बनाएको यस चलचित्रले भारत तथा नेपालमा समेत आशा जगाएको छ ।  अक्षय कुमार, कैटरिना कैप, अजय देवगन, रणवीर सिंह, गुलशन ग्रोवरलगायतले अभिनय गरेको यस चलचित्रले बक्सअफिसमाा आक्रामक व्यापार गरिरहेको छ ।  सूर्यवंशीले बक्स अफिसमा नयाँ रेकर्ड समेत बनाएको छ । चलचित्रले दुई दिनमा भारतमा मात्रै ५० करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी गरेको छ ।  चलचित्र विश्लेषक तरण आदर्शले यस चलचित्रको दुई दिनको कमाईलाई लिएर ट्वीटरमा एक ट्...