गभर्नरको बर्खास्तीकै माग गर्ने लगानीकर्ता निलम्बनबाट पनि भएनन् उत्साहित

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४४ दशमलव ६४ अंक अर्थात् १ दशमलव ८१ प्रतिशत घटेको छ । नेप्से परिसूचक २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो ।  वाणिज्य बैंकले वैशाख महीनाको लागि ब्याजदर नबढाउने समहति गरेसँगै सोमवार बजार खुलेको ५ मिनेटमा ४० अंक बढेर २ हजार ५०७ विन्दुसम्म पुगेको थियो । यसोत बजार बढेको बेलामा ट्रेडर हावी भएका छन् । सोही कारण बजार घटेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजरदर वृद्धिले शेयर बजारलाई नराम्रोसँग असार परेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले  गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका भनिएता पनि सोमवारको बजारमा त्यस्तो देखिएन । समग्र देशको अर्थतन्त्र नै विग्रदो अवस्थामा रहेको भन्दै टिकाटिप्पणी हुन थालेसँगै लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ ।   अब वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न शुरु गर्नेछन्, बैंकहरुले वैशाखका लागि ब्याजदर नबढाउने घोषणा गरेका छन् । यी कारणले गर्दा पनि अब बजार विस्तारै लयमा फर्कने अनुमान लगाउन सकिन्छ ।  कारोबारमा आएका २३३ धितोपत्रको ५० लाख ९५ हजार ३४ कित्ता शेयरको ४० हजार ५०७ पटकमा रू. २ अर्ब २६ करोड ७ लाख ६ हजार ६२ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २३३ धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७० र जाल्पा सामुदायिक लघुवित्तको रू. ४९१ दशमलव १० पुगेको छ । सोमवार सबैभन्दा बढी इमर्जिङ नेपालको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर रू. १ हजार ३८० कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ  इन्स्योरेन्सको रू. १६ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ७ करोड २१ लाख बराबरको भएको हो । 

सम्बन्धित सामग्री

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

ब्याजदर घट्ने भएपछि लगानीकर्ता उत्साहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्न सक्ने सुविधा दिएपछि शेयर बजारमा सकारात्मक सुधारको संकेत देखिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै मासिकरूपमा ब्याजदर रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको थियो । पछिल्लो तीन महिनाको आधारदर अनुसार मासिकरुपमा कर्जाको ब्याजदर […]

१८ सयमा टेवा खोज्दै नेप्से

अघिल्लो साताभरि घटेको बजार नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा लगानीकर्ता केही उत्साहित बनेका छन् । यस साता चार दिन खुलेको सेयर कारोबारमा तीन दिन नेप्से सूचकमा हरियाली छायो । नेप्से परिसूचक...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौं । सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेकाे छ । नेप्से २.१५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ […]

नेप्से ४१ अङ्कले वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौँ- सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अङ्कले […]

कुलमानको पुनरागमन - जलस्रोतको शेयर बजार के होला ?

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ । ‘जलस्रोत कम्पनीको शेयर मुल्य अहिल...

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् ।शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ ।‘जलस्रोत