वैशाख ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ९४ अंक बढेर बन्द भएको छ ।
नेप्से परिसूचक २ हजार ३२५ दशमलव ४५ बिन्दूमा पुगेको हो । कारोबारमा आएका २३१ धितोपत्रको ३९ लाख ९१ हजार ५१ कित्ता शेयरको ३६ हजार १९० पटकमा रू.१ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ४७ बराबरको शेयर खरीद विक्री भएको छ । बिहीवार सामान्य अंकले बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । ब्ुधवार रू. १ अर्ब ४५ करोड बराबरको शेयर खरीद विक्री भएको थियो । बिहीवार बजार खुलेको केही समय अवधिमा घबढ हदै केहि समय स्थिर भएको थियो । पछि भने खरीदकर्ता आर्कषित भएसँगै बजार ११ अंक सम्म बढेको थियो ।
अन्त्यमा भने बढेको बजारमा पुन लगानीकर्ताहरुले शेयर विक्री गर्न थालेसँगै तल झर्यो । यसोत पछिल्ल्लो सयम लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । सोही कारण बजार एक दिन बढेपनि पुन अर्को दिन विक्रेता हावी भएको देखिन्छ । समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिले शेयर बजारलाई निकैनै प्रभावित पारेको छ । यसोत बजार घटिरहदा कम्पनीहरुको शेयर मूल्य धेरैनै सस्तिएको छ यसले गर्दा पनि बजारमा अव बिस्तारै खरीदकर्ता आउने देखिन्छ ।
कारोबारमा आएका २३१ धितोपत्र मध्ये दूई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर मूल्य ६ दशमलव ३० प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. २२३ म ाझरेको छ । त्यसैगरी दोस्रोमा राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य ४ दशमलव २१ प्रतिशत घटेर रू.१५ हजार ६८१ कायम भएको छ ।
बिहीवार सर्वाधिक शेयर खरीदविक्री नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । कम्पनीको रू. १० करोड ३६ लाख बराबरको शेयर खरीद विक्री भएको हो । त्यसैगरी दोस्रोमा नबिल बैंकको रू. ५ करोड ९ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।