नेप्सेको ओरालो यात्रा कायमै, २४०० को लाइनमा आएको सूचक २०२२ कै सबैभन्दा तल्लो विन्दुमा

चैत २१, काठमाडौं । नेपालको शेयर बजार सन् २०२२ लागेपछि कै सबैभन्दा तल्लो विन्दुमा आएको छ । गत पुस ६ गते २ हजार ४१५ विन्दुबाट माथि उठेको बजार त्यसपछि २ हजार ९०० विन्दुमाथि पुगेको थियो । चैत २१ गते बजार पुनः २ हजार ४९८ विन्दुमा आएको छ । साताको दोस्रो दिन एक समय ८ अंकसम्म बढेको बजार अन्तत स् १४ दशमलव ८८ अंकले घटेर बन्द भएको छ । कारोबार रकम पनि १ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ । इमर्जीङ नेपालको सर्वाधिक ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच हुँदा नबिल बैंकको ५ करोड ६७ लाख रुपैयाँ, सूर्य लाइफको ५ करोड ६३ लाख रुपैयाँ, अरुण भ्यालीको ३ करोड ९१ लाख रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । राष्ट्र उत्थान लघुवित्त, नेस्डो समृद्ध लघुवित्तको समान १०र१० प्रतिशत मूल्य बढ्दा इमर्जीङ नेपालको ९ प्रतिशत मूल्य बढेको छ । कर्पोरेट र कर्णाली विकास बैंक तथा प्रभु र सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक ३र४ प्रतिशतसम्म मूल्य घटेको छ ।  बजार अब कता जान्छ भनेर लगानीकर्तालाई कौतुहलता भएको छ । सोमवार बजार खुलेको केही समयसम्म २ हजार ५०० विन्दुकै वरिपरि रहेकोमा अन्तिम समयमा विक्रेता हावी भएसँगै बजार तल झरेको छ । ब्याजदर वृृद्धि,वित्तीय प्रणालीमा तरलता अभावले गर्दा शेयर बजार प्रभावित भएको हो । यस बीचमा कम्पनीहरुको बोनस शेयर पनि सूचीकृत भएको छ । यसले बजारमा सप्लाई बढेकाले पनि बजार प्रभावित भएको हो ।  २ हजार ५०० विन्दू वरीपरिमा बलियो सपोर्ट रहेको प्राविधिक विश्लेषक बताउँछन् । त्यसोत बजार ३ हजार २०० विन्दुबाट २ हजार ४९८ विन्दुमा आइपुग्दा कम्पनीहरुको शेयर मूल्य धेरै नै सस्तिएको छ । सोमवार कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९६ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २७७ दशमलव ३० कायम भएको छ । ती दुबै कम्पनीले केही समय अगाडि आईपीओ निष्कासन गरेका थिए । सोही कारण यी दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसैगरी सोमवार सिटीजन्स म्युचुअल फण्ड २ का इकाई मूल्य ५ दशलमव ६६ प्रतिशत घटेर रू। १० कायम भएको छ । त्यसैगरी दोस्रोमा कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ दशलमव २८ प्रतिशत घटेर रू.३८० कायम भएको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री इमर्जिङ नेपालको भएको छ । कम्पनीको रू. ६ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४७० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको रू. ५ करोड ६७ लाख बराबरको शेयर  खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ ओटै समूहको समग्र समूहगत परिसूचक घटेसँगै नेप्से परिसूचक घटेको छ । बैंकिङ समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशत, ब्यापार समूहको १ दशमलव ३४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७३ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ५७ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ७७ प्रतिशत,वित्त समूहको शून्य दशलमव ६८ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ६६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव २६ प्रतिशतले घटेको छ ।  यसैगरी अन्य समूहको १ दशमलव ०४ प्रतिशत,लघुवित्त समूहको शून्य दशलमव ४५ प्रतिशत,जीबन बीमा समूहको शून्य दशलमव ८४ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव १ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशलमव ४९ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

शेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से २६ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ । नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ बिन्दुमा अडिएको छ । वुधबार २४.४४ अंकले घट्दै १९०० को लाइनमा झरेको नेप्से परिसूचक आज पनि घटेको हो । बजारमा ३६ लाख ५७ हजार १५४ कित्तता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड ६३ […]

२४०० को लाइनमा झर्‍यो सेयर बजार, करिब एक वर्ष अघिकै बिन्दुमा फर्कियो सूचक

काठमाडौं। सेयर बजारको ओरालो यात्रा नरोकिएपछि नेप्से सूचक करिब एक वर्ष अघिको बिन्दुमा झरेको छ। सोमबार सुरुवाती आधा घण्टा