रोकिएन नेप्से घट्ने क्रम : २४०० विन्दुमुनि झर्‍यो परिसूचक, १ अर्ब ५२ करोड बराबरको शेयर खरीदविक्री

चैत २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार पनि नेप्से घटेने क्रम रोकिएको छैन । यस दिन नेप्से परिसूचक ३४ दशमलव ७८ अंक अर्थात् १ दशमलव ४४ प्रतिशत घटेको छ ।  नेप्से परिसूचक २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो । पछिल्लो समय बजार निरन्तर घट्दो क्रममा रहेको छ । यसोत बजार घट्दा कारोबारमा रकम पनि घटेको छ । यसबाट के बुझिन्छ भने सस्तो मूल्यमा लगानीकर्ताले शेयर विक्री गर्न चोहका छैनन् । अब बजार वैशाख लागेसँगै बजार बढ्ने एक शेयर विश्लेषकले बताए । वैशाख महीना लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन्  । साथै सरकारी खर्च पनि वृद्धि हुने समय आएको छ । यी कारणले गर्दा वैशाख महीनामा शेयर बढ्ने देखिन्छ । यसोत शेयर बजार घटबढ भइरहन्छ भन्ने भुल्नु हुँदैन ।  लगानीकर्ताले आफुले लगानी गर्नूपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । मंगलवार कारोबारमा आएका २३७ ओटा धितोपत्रको ३७ लाख ३ हजार २४ कित्ता शेयरको ३१ हजार ५७६ पटकमा रू. १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१ ८ बराबरको शेयर खरीदविक्री भएको छ ।   कारोबारमा आएका २३७ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ५७  पुगेको छ ।  त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट ३० को इकाई मूल्य ३ दशमलव ५३ प्रतिशत बढेर रू. ८ दशमलव ८० कायम भएको छ । मंगलवार सबैभन्दा बढी इमर्जिङ नेपालको शेयरमूल्य ६ दशमलव ५९ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९३५ मा झरेको हो ।  त्यसैगरी दोस्रोमा न्यादी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य ७ प्रतिशत घटेर रू. ४०१ दशमलव १० मा झरेको छ । मंगलवार सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको भएको छ । कम्पनीको रू. ५ करोड ७५ लाख बराबरको शेयर खरीद विक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ५०७ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ४ करोड ३४ लाख बराबरको भएको हो ।