त्रिवेणी गाउँपालिका–३ सेतीपोखरीकी ४६ वर्षीया संक्रमित महिलाको घरमै पुगेर जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले अक्सिजनको मात्रा नापे । अक्सिजनको मात्रा कम भएपछि उनलाई तत्काल जिल्ला अस्पताल पठाइयो । चौरजहारी नगरपालिका–१४ का एकै घरका आमा छोराले पनि घरमै स्वास्थ्य चेकजाँच गर्न पाए भने उनीहरूलाई घरमै औषधि दिइयो ।