एनएमबि सरल बचत इण्ड-ई १७ गतेबाट, सर्वसाधारणलाई पहिलो चरणमा २ करोड ५० लाख इकाइ

काठमाडौं। एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सरल बचत फण्ड-ई भदौ १७ गतेबाट जारी हुने भएको छ। एनएमबि बैंक कोष प्रवर्द्धक

सम्बन्धित सामग्री

एनएमबि सरल बचत फण्ड इ को नोक्सानी घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुलनामा फागुनमा घटेको छ । फण्ड माघ मसान्तमा रू. ३ करोड ८० लाख नोक्सानीमा रहेकोमा फागुन मसान्तमा घटेर रू. १ करोड ५७ लाखमा झरेको हो । फागुन महीनामा फण्डले रू. १० लाख आम्दानी गर्न सफल भएकाले नोक्सानी घटेको हो । माघ मसान्तमा भने फण्डको आम्दानी रू. २ करोड ३६ लाख ऋणात्मक थियो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २० पैसा रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ रुपैयाँ ३१ पैसा पुगेको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३६ करोड लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब  २३ करोड थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. ७ करोड ५० लाख लगानी छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

एनएमबि सरल बचत फण्ड इ को नोक्सानी घट्यो

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुलनामा फागुनमा घटेको छ । फण्ड माघ मसान्तमा रू. ३ करोड ८० लाख नोक्सानीमा रहेकोमा फागुन मसान्तमा घटेर रू. १ करोड ५७ लाखमा झरेको हो । फागुन महीनामा फण्डले रू. १० लाख आम्दानी गर्न सफल भएकाले नोक्सानी घटेको हो । माघ मसान्तमा भने फण्डको आम्दानी रू. २ करोड ३६ लाख ऋणात्मक थियो ।  फण्डको न्याभ भने माघको तुलनामा फागुनमा केही बढेको छ । माघ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २० पैसा रहेकोमा फागुन मसान्तमा बढेर रू. ९ रुपैयाँ ३१ पैसा पुगेको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३६ करोड लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. १ अर्ब  २३ करोड थियो । फागुन मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. ७ करोड ५० लाख लगानी छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

एनएमबि सरल बचत फण्ड - इ रू.२ करोड ५ लाख नोक्सानीमा

जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. १ करोड ८५ लाख नोक्सानीमा रहेको थियो । यसरी हेर्दा फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको देखिन्छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ८७ लाख ८५ हजार रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ९६ लाख ६४ हजार पुगेको हो । त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्तसम्ममा रू. १ करोड ८ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको एनएभी घटेको छ । चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ६६ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ६३ कायम भएको हो । फण्डको सूचीकृत धितोपत्रमा लगानी भने बढेको छ । चैत मसान्त सम्ममा सूचीकृत शेयरमा लगानी रू. २९ करोड ६० लाख  रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ३२ करोड १ लाख पुगेको हो ।

एनएमबि सरल बचत फण्ड - इ को एनएभी रू. १०.१४

चैत १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चलित एनएमबि सरल बचत फण्ड - इ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार योजनाको एनएभी माघ मसान्तको तुलनामा फागुन मसान्तसम्ममा घटेको छ । योजनाको एनएभी माघ मसान्तसम्ममा रू. १० दशमलव ३८ रहेकोमा फागुन मसान्तसम्ममा रू. १० दशलमव १४ कायम भएको हो । त्यसैगरी यस योजनाले फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३० करोड ९ लाख लगानी गरेको छ । यो लगानी माघ मसान्त सम्ममा भने रू। ३१ करोड थियो । त्यसैगरी योजनाले फागुन मसान्त रू. ८० लाख नाफा कमाएको छ ।यो नाफा माघ मसान्तसम्मको तुलनामा भने ६१ प्रतिशतले कमि आएको हो । माघ मसान्तसम्ममा योजनाले रू. २ करोड ६ लाख नाफा कमाएको थियो । फागुन महीनामा योजनाको खर्चमा वृद्धि भएसँगै आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । माघ मसान्तसम्ममा कुल रू. २ करोड ७८ लाख आम्दानी गरेको उक्त फण्डको आम्दानी फागुन मसान्तसम्ममा रू. १ करोड ५९ लाखमा झरेको हो ।

एनएमबि सरल बचत फण्ड–इ ले माघ मसान्तसम्म कमायो २ करोडभन्दा बढी नाफा

फागुन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले माघ मसात्सम्म रू. २ करोड ६ लाख ७० हजार नाफा गरेको छ ।  पुस मसान्तसम्म रू. ३ करोड ४३ लाख ५९ हजार नाफा गरेको योजनाले माघ महीनामा भने कम नाफा गरेको हो । यो महीना योजनाको आम्दानी घटेको छ भने खर्च बढेको छ । पुस मसान्तसम्म रू. ४ करोड ५ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने रू. २ करोड ७८ लाखभन्दा बढी मात्र आम्दानी गरेको छ ।  त्यस्तै पुस मसान्तसम्म रू. ६२ लाख ३४ हजार खर्च गरेको योजनाले माघ मसान्तसम्म भने रू. ७१ लाख ३९ हजार खर्च गरेको छ । माघ मसान्तसम्म योजनाले धितोपत्रमा कमिशन सहित रू. ३२ करोड ७३ लाख २२ हजार लगानी गरेको छ । योजनाको लगानीको बजार मूल्य भने रू. ३४ करोड ४६ लाख ३२ हजार रहेको छ ।  योजनाको धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको हो । बैंक मुद्दती निक्षेपमा योजनाले माघ मसान्तसम्म रू. ८ करोड लगानी गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाको हाल ५ करोड ५० लाख २४ हजार ८२९ दशमलव २९ कित्ता इकाई कायम रहेको छ ।  योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पुस मसान्तसम्म रू. १० दशमलव ६२ रहेकोमा माघ मसान्तसम्म रू. १० दशमलव ३८ मा झरेको छ ।

पुस मसान्तसम्म एनएमबि सरल बचत फण्ड-इ को एनएभी रू. १०.६२

माघ ११, काठमाडौं । एनएमि म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ५६ रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. १० दशमलव ६२ पुगेको हो ।  फण्ड मंसिर मसान्तसम्ममा रू. २ करोड ४० लाख नोक्सानीमा रहेकोमा पुस मसान्तमा सुधारिएर रू.३ करोड ४३ लाख ५९ हजार धनात्मक भएको छ । पुस मसान्तमा फण्डले रू. ४ करोड ५ लाख ९४ हजार आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।  त्यसैगरी, फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३२ करोड ६० लाख ६३ हजार लगानी गरेको छ । यो लगानी मंसिर मसान्तसम्ममा रू. २९ करोड ४३ लाख २३ हजार थियो ।  पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो ।

एनएमबि सरल बचत फण्ड इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार

भदौ २०, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार बैंकिङ्ग समयसम्म रहेको छ । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गरिएको क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार  आइतवार विहान १० बजेसम्ममा उक्त योजनामा ७१ हजार ३३३ जना आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाई खरीदका लागि आवेदन परेको छ । यो मागभन्दा १ दशमलव ४८ गुणा बढी आवेदन हो ।

एनएमबि सरल बचत फण्ड इ को इकाईमा रू. २३ करोड २६ लाख बराबरको आवेदन

भदौ १९, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा रू. २३ करोड २६ लाख १४ हजार बराबरको आवेदन परेको छ ।  विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार अपरान्ह तीन बजेसम्ममा ४६ हजार ५३७ जना आवेदकबाट २ करोड ३२ लाख ४३० इकाईका लागि आवेदन दिएका हुन् । एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो । उक्त इकाईमा बन्द हुने मिति छिटोमा आगामी भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि सरल बचत फण्ड इले बिहीवारदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ १६, काठमाडौं । एनएमबि क्यापिटलले बिहीवारदेखि एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन गर्ने भएको छ ।  क्यापिटलले जसमध्ये पहिलो चरणमा  ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन गर्नेे जानकारी दिएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ ।  सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ।

एनएमबि सरल बचत फण्डले भदौ १७ गतेदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ ८, काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्डले १० करोड इकाई निष्कासन गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले जानकारी गराएको हो । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाईमा बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समय सम्म रहेको छ । सो अवधिसम्ममा पनि विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ  ।