भदौ ८, काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्डले १० करोड इकाई निष्कासन गर्ने भएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले जानकारी गराएको हो । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।
बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाईमा बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समय सम्म रहेको छ । सो अवधिसम्ममा पनि विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् ।
उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।