पुस मसान्तसम्म एनएमबि सरल बचत फण्ड-इ को एनएभी रू. १०.६२

माघ ११, काठमाडौं । एनएमि म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी मंसिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ५६ रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. १० दशमलव ६२ पुगेको हो ।  फण्ड मंसिर मसान्तसम्ममा रू. २ करोड ४० लाख नोक्सानीमा रहेकोमा पुस मसान्तमा सुधारिएर रू.३ करोड ४३ लाख ५९ हजार धनात्मक भएको छ । पुस मसान्तमा फण्डले रू. ४ करोड ५ लाख ९४ हजार आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।  त्यसैगरी, फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३२ करोड ६० लाख ६३ हजार लगानी गरेको छ । यो लगानी मंसिर मसान्तसम्ममा रू. २९ करोड ४३ लाख २३ हजार थियो ।  पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो ।