एनएमबि सरल बचत फण्ड इले बिहीवारदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ १६, काठमाडौं । एनएमबि क्यापिटलले बिहीवारदेखि एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन गर्ने भएको छ ।  क्यापिटलले जसमध्ये पहिलो चरणमा  ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन गर्नेे जानकारी दिएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ ।  सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ।   

सम्बन्धित सामग्री

एनएमबि सरल बचत फण्ड इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार

भदौ २०, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन गर्ने अन्तिम दिन सोमवार बैंकिङ्ग समयसम्म रहेको छ । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गरिएको क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार  आइतवार विहान १० बजेसम्ममा उक्त योजनामा ७१ हजार ३३३ जना आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाई खरीदका लागि आवेदन परेको छ । यो मागभन्दा १ दशमलव ४८ गुणा बढी आवेदन हो ।

एनएमबि सरल बचत फण्ड इ को इकाईमा रू. २३ करोड २६ लाख बराबरको आवेदन

भदौ १९, काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा रू. २३ करोड २६ लाख १४ हजार बराबरको आवेदन परेको छ ।  विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार अपरान्ह तीन बजेसम्ममा ४६ हजार ५३७ जना आवेदकबाट २ करोड ३२ लाख ४३० इकाईका लागि आवेदन दिएका हुन् । एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले बताएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो । उक्त इकाईमा बन्द हुने मिति छिटोमा आगामी भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि सरल बचत फण्डको बिक्री खुला

१७ भदौ, काठमाडौं । एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला भएको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड ईको १० करोड इकाई बिहीबारदेखि निष्कासन खुला गरेको हो । यो चरणमा पुरै १० करोड भने निष्काशन हुनेछैन । एनएमबि क्यापिटलका अनाुसार पहिलो चरणमा ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन हुनेछ । त्यस्तै कुल […]

एनएमबि सरल बचत फण्डले भदौ १७ गतेदेखि १० करोड इकाई निष्कासन गर्दै

भदौ ८, काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्डले १० करोड इकाई निष्कासन गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  पहिलो चरणमा निष्कासन गर्ने क्यापिटलले जानकारी गराएको हो । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाईमा बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समय सम्म रहेको छ । सो अवधिसम्ममा पनि विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् ।  उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त  सम्पूर्ण सि आस्बा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ  ।

एनएमबि म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने

साउन २७, काठमाडौं ।  एनएमबि म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।   फण्डले एनएमबि सरल बचत फण्ड ई नामक खुला मुखी योजना सञ्चालनमा ल्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।  एनएमबि सरल बचत फण्डले प्रतिइकाई रू. १० को १० करोड इकाई निष्कासन गर्नका लागि साउन २२ गते बोर्डबाट स्वीकृति पाएको हो । कोष व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  एनएमबि क्यापिटल अन्तर्गत एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल १ सञ्चालनमा छन् । यस बाहेक एनएमबि म्युचअल फण्डले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड आईआई (II) मार्फत १२ करोड इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।