सीके राउत नेतृत्वका कार्यकर्ता हिंसामा उत्रिएका छन् । उनीहरुले बुधबार जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका छन् । बुधबार जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाइएको छ ।