८ महीनामा लघु बीमा कम्पनीको कुल बीमा शुल्क ५ करोड ८९ लाखभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ८ महीनासम्म लघु जीवन बीमकले पौने ६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार याे आवको साउनदेखि फागुनसम्म ३ वटा लघु जीवन बीमा कम्पनीले रू. ५ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो अवधिसम्म लघु जीवन बीमकको कुल सक्रिय बीमालेख संख्या २७ हजार २४७ ओटा छ ।  फागुनसम्म क्रेष्ट माइक्रो लाइफले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले १६ हजार ४८ वटा बीमालेख जारी गरेर रू. ३ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो अवधिसम्म गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ वटा बीमालेख जारी गरेर रू. १ करोड ५९ लाख र लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ वटा बीमालेख जारी गरेर रू. ६९ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् ।   फागुन महीनामा मात्रै यी ३ वटा लघु जीवन बीमकले ६ हजार ४२९ ओटा बीमालेख जारी गरी रू. १ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन्, जसमा क्रेष्ट माइक्रो लाइफले सर्वाधिक रू. १ करोड २ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले रू. ४३ लाख ७७ हजार र लिबर्टी माइक्रो लाइफले रू. २० लाख ६५ हजार कुल बीमाशुल्क आर्जन गरेका छन् । 

सम्बन्धित सामग्री

जीवन बीमा व्यवसाय : वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो । कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो । किन घट्यो बीमा शुल्क आर्जन ? देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् । 'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।' 'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने । अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।  महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) बीमा शुल्क (रु लाखमा) साउन 22,033.45 128,540.40 150,573.86 भदौ 26,124.99 83,734.80 109,859.79 असोज 22,796.96 74,537.96 97,334.93 कात्तिक 20,217.15 82,129.66 102,346.81 मंसिर 21,536.38 113,510.41 135,046.79 पुस 29,070.30 92,288.07 121,358.37 माघ 22,792.46 94,601.25 117,393.71 फागुन  20,673.03 82,665.25 103,338.27 चैत 24,808.16 85,287.54 110,095.70 वैशाख 23,225.91 70,523.31 93,749.22                                                                                         स्रोत: नेपाल बीमा प्राधिकरण बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य बीमा कम्पनीहरुको अवस्था के छ? बीमा कम्पनी चैत महीनाको बीमा शुल्क (रु लाखमा) वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) फरक प्रतिशत राष्ट्रिय बीमा संस्थान 3634.54 4,783.09 31.60 नेशनल लाइफ इन्स्योरेन्स 11523.53 10,216.80 -11.34 नेपाल लाइफ इन्स्योरेन्स 28825.42 23,920.03 -17.02 लाइफ इन्स्योरेन्स कपोरेशन  14472.88 12,434.42 -14.08 मेट लाइफ 4862.5 3,973.08 -18.29 एशियन लाइफ इन्स्योरेन्स  6021.08 4,946.10 -17.85 गुरास लाइफ इन्स्योरेन्स* 2551.01 1,493.44 -41.46 प्राइम लाइफ इन्स्योरेन्स* 3762.42 1,865.62 -50.41 आइएमई लाइफ इन्स्योरेन्स 3638.44 2,794.56 -23.19 युनियन लाइफ इन्स्योरेन्स* 5777.86 4,744.84 -17.88 सन नेपाल लाइफ इन्स्योरेन्स 2901.21 2,635.70 -9.15 रिलायन्स लाइफ इन्स्योरेन्स* 499     रिलायबल नेपाल इन्स्योरेन्स 3838.25 2,639.83 -31.22 सिटिजन्स लाइफ इन्स्योरेन्स 4451.17 4,024.39 -9.59 सानीमा लाइफ इन्स्योरेन्स* 443.99     प्रभु लाइफ इन्स्योरेन्स 1547.58 1,364.69 -11.82 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1679.62 1,266.56 -24.59 सुर्य ज्योती लाइफ इन्स्योरेन्स 7192.46 5,729.13 -20.35 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* २४७२.७५ 3,405.22 37.71 हिमालन लाइफ इन्स्योरेन्स*   1,511.73   जम्मा 110095.71 93,749.23 -14.85 स्रोत: नेपाल बीमा प्राधिकरण *सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।  *गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।

सानिमा जिआईसी इन्स्योरेन्सले गर्‍यो १०२ प्रतिशत बढी नाफा

काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ । गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, यसै वर्ष २८ शाखा पु¥याउने उद्देश्य

काठमाडौं, ११ फागुन । राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । […]

राष्ट्रिय बीमा संस्थानको ५ वर्षे वित्तीय अवस्था : सबै सूचकमा अब्बल

फागुन ११, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५ वर्षको वित्तीय विवरण हेर्दा सबै सूचकहरुमा उलेख्य वृद्धि भएको पाइएको छ । ५ वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी, जगेडा कोष, जीवन बीमा कोष, आम्दानीलगायतमा उलेख्य वृद्धि भएको पाइएको हो ।  यो कम्पनीको आर्थिक वर्ष (आव) २०७३/७४ मा ९३ लाख रुपैयाँ कायम रहेको चुक्तापूँजी गत आव २०७७/७८ को अन्त्यसम्ममा १ हजार ८४६ प्रतिशतले वृद्धि भएर १८ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी जगेडा कोष पनि ६ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । ५ वर्षअघि ३२ करोड १७ लाख रुपैयाँ रहेको जगेडा कोष गत आवको अन्त्यसम्ममा वृद्धि भएर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।   त्यसैगरी ५ वर्षको अन्तरालमा खुद नाफामा पनि वृद्धि भएको छ । यो कम्पनीको आव २०७३/७४ को तुलनामा २०७७/७८ को अन्त्यसम्ममा खुद नाफा ७ सय ५८ प्रतिशतले वृद्धि भएको हो । आव २०७३/७४ मा खुद नाफा ६८ लाख रुपैयाँ भएकोमा गत आवको अन्त्यसम्ममा बढेर ५ करोड ६२ लाख रुपैयाँ कायम भएको हो । त्यस्तै खुद बीमा शुल्क पनि ५ वर्षको अवधिमा १७५ प्रतिशतले वृद्धि भएको छ भने आम्दानी २३९ प्रतिशत र अभिकर्ता कमिशन १४१ प्रतिशतले वृद्धि भएको छ ।  यो कम्पनीको ५ वर्षअघि ११ अर्ब ७२ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा भएको थियो । तर, गत वर्षको अन्त्यसम्ममा १८० प्रतिशतले वृद्धि भएर ३२ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि,  ३३०.३८५% ले बढ्यो नाफा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको २७औं वार्षिक साधारण सभाले सो विवरण सार्वजनिक गरेको हो ।कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैय