सानिमा जिआईसी इन्स्योरेन्सले गर्‍यो १०२ प्रतिशत बढी नाफा

काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ । गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।

सम्बन्धित सामग्री

नेपाल लाइफले ६ महिनामै कमायो ४२ करोड ७७ लाख खुद नाफा, दाबी भुक्तानी ६८२ करोड

नेपाल लाइफ इन्स्योरेन्सले ६ महिनामा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालै प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त परिमाणको खुद नाफा आर्जन भएको देखिएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ महिनामै कमायो खुद नाफा २३ करोड ६६ लाख

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको नाफा करिब २ गुणा बढ्यो

१४ माघ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा २ गुणा बढी देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष सो अवधिमा […]

सिद्धार्थ इन्स्योरेन्सले तीन महिनामै कमायो ५ करोड नाफा

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै ५ करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

हिमालयन रि इन्स्योरेन्सले कमायो एक वर्षमा २७ करोड ८२ लाख नाफा

हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।गत आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । जतिबेला नाफा नो

सानिमा लाइफ इन्स्योरेन्सले बोनस वितरण गर्ने

सानिमा लाइफ इन्स्योरेन्सले ४.२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।इन्स्योरेन्स्को चौथो वार्षिक साधारणसभाले सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह, नाफा नोक्सानलगायतका वित्तीय […]

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले वृद्धि

चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ ।कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद बिमाशुल्क ९.१५ प्रतिशतले बढेको छ ।इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा […]

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि,  ३३०.३८५% ले बढ्यो नाफा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको २७औं वार्षिक साधारण सभाले सो विवरण सार्वजनिक गरेको हो ।कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैय

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।