पुरानालाई टक्कर दिंदै नयाँ जीवन बीमा, ४ नयाँ कम्पनीले गरे अर्बमाथि प्रथम बीमाशुल्क आर्जन

फागुन १९, काठमाडौं । पछिल्लो समय जीवन बीमा व्यवसायमा नयाँ बीमा कम्पनीहरुको व्यवसाय विस्तार राम्रो देखिएको छ ।  बीमा समितिले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को सात महीनाको तथ्यांक अनुसार अधिकांश नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार राम्रो देखिएको हो ।  समितिका अनुसार १९ ओटा जीवन बीमा कम्पनीमध्ये ९ ओटा कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् । ती मध्ये चार ओटा नयाँ जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँमाथि प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।  सात महीनाको अवधिमा १ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गने नयाँ बीमा कम्पनीमा सिटिजन्स लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।  उक्त अवधिमा सिटिजन्स लाइफले १ अर्ब ६० करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४८ करोड, सन नेपाल लाइफले १ अर्ब ४७ करोड र युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  सात महीनाको अवधिमा १९ ओटा जीवन बीमा कम्पनीले कुल २३ अर्ब ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकाछन् । ती कम्पनीहरुले माघ महीनामा मात्र २ अर्ब ४२ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सले चालू आवको माघ महीनासम्म र माघ महीनामा सबैभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले चालू आवको सात महीनामा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी बढी बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले माघ महीनासम्म २ अर्ब ५५ करोड रुपैयाँप्रथम बीमा शुल्क आर्जन गरेको छ भने  माघ महीनामा ३३ करोड ९५ लाख रुपैयाँ बराबरको प्रथम शुल्क आर्जन गरेको छ ।  माघसम्म सबैभन्दा थोरै प्रथम बीमा शुल्क संकलन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीले चालू आवको सात महीनामा ४२ करोड ६३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । साथै उक्त कम्पनीले माघ महीनामा मात्रै ५ करोड १२ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  चालू आबको सात महीनामा १९ ओटा बीमा कम्पनीले ८१ अर्ब ३० करोड रुपैयाँ कुल जीवन बीमा शुल्क संकलन गरेका छन् । साथै माघ महीनामा मात्र ती कम्पनीले १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  स्रोत : बीमा समिति - प्रतिक्षा कँडेलबाट

सम्बन्धित सामग्री

२४ प्रतिशत घट्यो जीवन बीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कबापतको रकम गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा […]

कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

नेपालमै पहिलोपटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे 'कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना' सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकमबराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ ।

कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा’ योजना

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको […]

बाँकेको जानकीमा छोरी जीवन बीमा कार्यक्रम

काठमाडौँ,६ असोज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । “कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,” प्रशाकीय अधिकृत डाँगीले भने […]

जीवन बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ । कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू […]

कुन जीवन बीमा कम्पनीले कति बढाउनुपर्छ चुक्ता पूँजी ?

१० चैत, काठमाडौं । बीमा समितिले बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजीवृद्धि गर्ने निर्णय गरेको छ । समितिको नयाँ निर्णयअनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी अढाइ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नुपर्नेछ । अहिलेसम्म निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम […]

नेपाल लाइफले ल्यायो “नेपाल लाइफ समुन्नत जीवन” बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा योजना हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । साथै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर […]

'नेपाल लाइफ समुन्नत जीवन' जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...

नेपाल लाइफले ल्यायो समुन्नत जीवन बीमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा य

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा

थप दुई जीवन बीमा कम्पनी आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्।