काठमाडौं । युनाइटेड इन्स्योरेन्सले नाफामा बृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ मा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको २७औं वार्षिक साधारण सभाले सो विवरण सार्वजनिक गरेको हो ।कम्पनीले आव २०७७ र ७८ मा १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैय