रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४६.२३% बढ्यो, बीमालेखबाट २ अर्ब ५ करोड

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ५ लाख रुपैया खुद नाफा आर्जन गरेको

सम्बन्धित सामग्री

एक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४३ करोडभन्दा बढी नाफा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४३ करोड २२ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ५७ दशमलव २८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. २७ करोड ४८ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीले अघिल्लो आवमा रू. ४० करोड ९५ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ५६ करोड १ लाख पुगेको छ । त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुगेको छ । गत आवमा कम्पनीले जगेडामा रू. १ अर्ब ४७ करोडभन्दा बढी सञ्चिति गरेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा रू. ६ अर्ब ६३ करोडभन्दा बढी छ । कम्पनीले गत आवमा कुल रू. ३ अर्ब ७९ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ४४ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव २३ पुगेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्