प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा राष्ट्रिय जनमोर्चा बागलुङले तीन ठाउँमा सभा गर्दै

बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले यही माघ महिनामा तीन ठाउँमा विरोधसभा सम्पन्न गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा तथा सङ्घीयता खारेज गर्न, महङ्गी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टाचारको विरुद्धमा २०७७ माघ १६ गते बुर्तिबाङ बजार, माघ १७ गते कुश्मीसेरा बजार र माघ २४ गते गल्कोट हटिया बजारमा विरोधसभा गर्न लागिएको हो । यही माघ ९ र १० गते बसेको राजमो बागलुङको बैठकले सो निर्णय गरेको आज जिल्लाध्यक्ष अमर थापाको हस्ताक्षरमा प्रकाशित प्रेसविज्ञप्तिमा जनाइएको छ । फागुन ९ र १० गते बागलुङ बजारमा जिल्ला प्रशिक्षण भेला गरिने तथा त्यसलगत्तै फागुन ११ गतेदेखि १६ गतेसम्म जिल्लामा ५ टोली निर्माण गरी दोश्रो चरणको विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिने जानकारी दिइएको उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ– “१. गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा साथै केपी ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी शैलीमा सार्वभौम जनताको संसद विघटनका विरुद्ध प्रतिनिधि सभाको पुनःस्थापनाको पक्षमा, सङ्घीयता खारेज गर्न, महङ्गी, कोरोना भाइरसको रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरबाही र भ्रष्टाचारको विरुद्धमा जिल्लाका तीन स्थानमा विरोधसभा गर्ने निर्णय भएको छ । ती विरोधसभालाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, गण्डकी प्रदेश सभा सांसद कृष्ण थापा र सांसद खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गानाले सम्बोधन गर्नुहुने छ, जसअन्तर्गत २०७७ माघ १६ गते बुर्तिबाङ बजार, माघ १७ गते कुश्मीसेरा बजार र माघ २४ गते गल्कोट हटिया बजारमा विरोधसभा गरिने छ । यसका साथ साथै जिल्लाका अन्य स्थानमा समेत विभिन्न विरोधका कार्यक्रम गरिने छ । २. आगामी फागुन ९ र १० गते बागलुङ बजारमा राष्ट्रिय जनमोर्चा, बागलुङको जिल्ला प्रशिक्षण भेला गरिने छ । प्रशिक्षण भेलालगत्तै फागुन ११ गतेदेखि १६ गतेसम्म जिल्लामा ५ टोली निर्माण गरी दोश्रो चरणको विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिने छ, जसमा केन्द्र र जिल्लास्तरीय नेता साथीहरूको नेतृत्व रहने छ ...