“वडावडामा सभा : टोलटोलमा समिति” अन्तर्गत दाङमा राष्ट्रिय जनमोर्चाको विरोधसभा

दाङ । राष्ट्रिय जनमोर्चा दाङको एकमहिने “वडावडामा सभा : टोलटोलमा समिति” अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर ५ को धर्नामा केपी ओली सरकारको असंवैधानिक कदमका विरुद्ध विरोधसभा सम्पन्न भएको छ । २०७७ माघ १७ गते सम्पन्न सो कार्यक्रमबाट राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न गर्दै समिति समेत पुनर्गठन गरिएको छ । कार्यक्रममा राजमो दाङका जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै केपी ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदमका विरुद्ध सम्पूर्ण जनता जुरुक्क उठेर आन्दोलनमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । यस प्रकारको स्प्रिटले आन्दोलन गरे मात्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुनसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा राजमोका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, राजमो घोराही नगर समितिका अध्यक्ष हरि खरेल, जातीय समता समाजका जिल्ला सचिव बलदेव विकलगायतले मन्तव्य राख्नु भएको थियोे । सूर्यलाल नेपालीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सहजीकरण नगर सदस्य तेजनारायण आचार्यले गर्नुभएको थियोे । भेलाले सूर्यलाल नेपालीको अध्यक्षताम एक स्थान रिक्तसहित १५ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तेजनारायण आचार्य, सचिवमा बलदेव विक, सहसचिवमा अर्जुन नेपाल, कोषाध्यक्षमा रिता नेपाली र सदस्यहरूमा पूर्ण नेपाली, सिवलाल नेपाली, सन्तोष नेपाली, कुमानन्द नेपाली, पूर्ण नेपाली, कमला विश्वकर्मा, सिबा केसी, कुमानन्द नेपाली, लोकबहादुर केसी र प्रीतिराम नेपाली रहनुभएको छ ।

सम्बन्धित सामग्री

दाङमा बदर मत धेरै

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा […]

दाङमा मतपत्र आइपुग्यो

काठमाडौँ,१९ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको […]

दाङमा ‘स्मार्ट लकडाउन’

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख...

दाङमा ओमिक्रोन संक्रमणको पूर्व तयारी

दाङ, पुष १४ । कोरोना भाइरको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न दाङमा पूर्व तयारी थालिएको छ । रुपैडिया, कृष्णनगर तथा कोइलाबास नाका हुँदै दाङ आउनेहरुको संख्या बढी हुने गरेकाले पनि दाङमा संक्रमणको जोखिम रहेको छ । हाल जिल्लामा विभिन्न नाकाबाट नेपाल आउनेको विवरण राखेर एन्टिजेन परीक्षण गर्न गरिएको छ । नाकामा निरीक्षण गर्ने स्वास्थ्य र सुरक्षाको […]

दाङमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितीका अनुसार आइतबार दाङमा अधिवेशन सम्पन्न भएको हो। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले निर्वाचन सम्पन्न भई...

दाङमा निषेधाज्ञा खुकुलो

दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात  र निजी यातायात चलाउने निर्णय भएक