गणेश अधिकारी/पोखरा ।।
राष्ट्रिय जनमोर्चा कास्कीले आफ्नो एकमहिने कार्यक्रमअन्तर्गत आज माघ ३ गते रामबजार एरियामा प्रक्षिणात्मक भेला सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बराल र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य बिक्रम थापाले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणपछि केपी ओली सरकारले चालेको असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी तबरले प्रतिनिधि सभा विघटन, सङ्घीयता खारेजी, भ्रष्टाचार अन्त्यको माग राखी रामबजारमा विरोधसभासमेत सम्पन्न भएको थियो ।
सभालाई नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेशका अध्यक्ष दिपक गुरुङ र अखिल नेपाल महिला सङ्घकी कास्की जिल्लाध्यक्ष जमुना केसीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बिक्रम थापाले गर्नु भएको थियो ।